काठमाडौँ। पत्रकार दिपा दाहाललाई जोखिमपूर्ण पत्रकारिता अवार्डले सम्मान गरिएको छ।
न्युज एक्सप्रेस मिडिया प्राइभेट लिमिटेडले मंगलबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले प्रमाणपत्र दिएका थिए ।
दाहाल सुर्खेतको भेरी एफएम, जागरण एफएम, काठमाडौँ आएपछि रेडियो कान्तिपुर, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, देशसञ्चाड्टकम हुँदै हाल उकालोड्टकममा वरिष्ठ संवाददाताका रूपमा कार्यरत छिन् ।





