काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को एक भवनभित्र विष्फोटको आवाज सुनिएको छ ।
विष्फोटको आवाज आएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ । त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार कार्डियाक सेन्टरको भवन नजिक एयरकन्डिसनर (एसी) को पाइप पड्किएको हो ।
प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।