काठमाडौँ । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको घाँटी हत्या हत्या गरिएको छ ।
रिब्दीकोट गाउँपालिका-१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो ।
उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ ।
हत्याको कारण खुल्न बाँकी रहेपनि जबरजस्ती करणी प्रयासको प्रतिकार गर्दा घटना भएको प्रहरीले प्रारम्भिक अनुमानबाट पत्ता लगएको छ ।
पद्मा शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।