काठमाडौँ । फागु पूर्णिमा अर्थात रङ्हरुको पर्व होलीको अवसरमा काठमाडौँ उपत्यकामा १० ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय प्रशासनसँग अनुमति लिएर आयोजकहरूले होलीको कार्यक्रम आयोजना गरेका हुन् ।
ठमेलस्थित सञ्चयकोष भवन अगाडीको सडक, दरबारमार्ग, वसन्तपुर, भृकुटीमण्डप, भक्तपुर दरबार स्क्वायर, सूर्य विनायक र जावलाखेलमा कार्यक्रम आयोजना गरिएको छ । चाबहिलमा पनि कन्सर्टको आयोजना गरिएको छ ।
बौद्धस्थित हायात होटल परिसर, बालुवाटारस्थित टाइम्स स्क्वायर होटल र आम्रपाली बैंक्वेटमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम स्थलको सुरक्षाका लागि उल्लेख सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी काठमाडौँले बताएको छ।