काठमाडौँ। रसुवामा भूकम्प गएको छ ।
बिहान ९ बजेर ४४ मिनेटमा रसुवाको जुरेढुंगा आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का २०७२ सालको गोरखा भूकम्पकै परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
चार म्याग्निच्युडदेखि माथिका गोरखा भूकम्पका परकम्प अहिलेसम्म ५९६ पटक गएको केन्द्रले जनाएको छ ।