काठमाडौँ। आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन्।
४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको आरोपमा लक्ष्मीपुरपतारी गाउँपालिका – ६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँ देवीको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको हो। घटनाको खबर प्राप्त भएसंगै प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।