काठमाडौँ। कुवेतमा एउटै कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ।
महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो ।
मूत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन् । ड्युटी सकेर रुम फर्कने क्रममा कारले ठक्कर दिंदा घटनस्थलमा म्र्त्यु भएको जानकारी दिएको हो। उनीहरुको शव पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।
नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।