काठमाडौँ। मोरंगमा १४ वर्षीय किशोरीको शव बीभत्स अवस्थामा फेला परेको छ। सौचालय गर्न गएकी १४ वर्षिया किशोरी ज्ञानमति थुलुङ राइको धारिलो हतियार प्रहार गरी राईको हत्या भएको अवस्था शव फेला परेको हो ।
मोरङको पथरीशनिश्चरे ७ लामा टोलीस्थित बस्दै आएकी ज्ञानमति थुलुङ राई सौचालय गएकी थिइन् । राति सौचालय गर्न जाँदा राइको हत्या भएको पाइएको छ । आफु बसेको घरको कम्पाउण्डमा राति संदे १० बजेको आसपासमा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहर गरि राइको को हत्या गरेको मोरङ प्रहरीले बताए।
धारिलो हतियारले पटक पटक प्रहार गरेर विभत्स हत्या गरिएको प्रहरीले बताएको छ । राइ माथि पछाडिबाट धारिलो हतियार प्रहार गरिएको घटनामा देखिएको छ। अनुहार गर्धन र पाखुरामा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ। राइ घर परिसरकै सौचहालय गएको बेला चिच्याएको आवज आएपछि हेर्दा राइको हत्या भएको थियो।
‘हत्या कसले र किन गरेको हो भन्ने खुलिसकेको छैन। हत्यामा संलग्नको अनुसन्धान सुरु गरिएको छ। कुनै चिनजानकै व्यक्तिले घटना गराएको हो कि भन्ने आशंका गरिएको बताइएको छ। घटनामा संलग्नको पहिचान हुन नसकेको प्रहरी प्रहरीको भनाइ छ।
घटनाको अनुसन्धानका लागि मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको छ। खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी ज्ञानमति राइ पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकि थिइन् ।
ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन् . २ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेको थिइन्।
प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ। तर, हालसम्म हत्यामा संलग्न र घटनाका बारेमा थप सूचना एवं जानकारी प्राप्त हुन नसकेको डिएसपी दाहालले बताएक छन् । प्रहरीले घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको जानकारी दिएको छ।