काठमाडौँ । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बर्दियामा एक युवक पक्राउ परेका छन्।
बारबर्दिया नगरपालिका- २ गौरिपाराका २० वर्षीय विकास थारूलाई बलात्कार गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो।
कक्षा ५ मा पढ्ने बालिकालाई विकासले शुक्रबार राति १२ बजेतिर फकाएर नजिकै खेतमा लगेर बलात्कार गरेको देखिएको इलाका प्रहरी ले बताएको छ।
परिवारका सबै सदस्य विवाह भोजमा व्यस्त भएको बेलामा विकासले ती बालिकामाथि बलात्कार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
‘पीडित बालिकाले आफूमाथि भएको जबरजस्ती करणीबारे आमा र दिदीलाई भनेपछि कुरा खुलेको प्रहरीले जानकारी दिएको छ।

