काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ चार गते संसदमा बोल्ने बताउनु भएको छ । यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले बताउनु भयो ।
केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले त्यसका सत्य कुराहरु जेठ चार गतेको संसद बैठकमा बोल्ने उहाँले बताउनु भयो । २०-२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गर्नु भयो ।
‘सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ,’ ओलीले भन्नु भयो, ‘आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ ।’