• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने

कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरी बैठक बस्दै

मधेश र लुम्बिनी प्रदेशका सांसदसँग गृहमन्त्रीको छलफल : सीमापार तस्करी नियन्त्रणमा जोड

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ६. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ७. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

  • ८. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ९. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • १०. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

मेयर बालेनलाई सुकुम्बासीले गरे ध्यानाकर्षण


  •   आइतबार, बैशाख १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । काठमाडौंका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले वैकल्पिक आवासको व्यवस्था भए बस्ती छोड्न तयार रहेको बताएका छन् । उनीहरूले काठमाडौंका मेयर बालेन शाहलाई ध्यानाकर्षण पत्र बुझाउँदै भूमिसम्बन्धी ऐन र नियमावलीको आधारमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पहिचान तथा लगत संकलन र वैकल्पिक आवासको व्यवस्थापन सुनिश्चित गरेरमात्रै बस्ती हटाउन आग्रह गरेका हुन् ।

    Advertisement

    काठमाडौं महानगरपालिकाको वडा नं. १०, ११ र ३१ मा अवस्थित थापाथली, शंखमूल, शान्तिनगर र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्तीका तर्फबाट अगुवाहरूले ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको संविधान, भूमिसम्बन्धी ऐन, नियमहरू र महानगरपालिकाले विगतदेखि जनाएका प्रतिबद्धताबमोजिम वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान र वैकल्पिक आवासको सुनिश्चितता गरेर मात्रै बस्ती हटाउने योजना कार्यान्वयन गर्न मेयर शाहसँग माग गरेका हुन् ।

    ‘संविधानको मर्म र भावनाअनुरुप नै सुकुम्बासीको पहिचान र बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्ने दायित्व तीन तहकै सरकारको साझा अधिकार र दायित्व हो । संघीय कानुनहरूले त्यसमा स्थानीय सरकारलाई बढी जिम्मेवारी सुम्पेको छ,’ उनीहरूले ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘कानुनले तोकेको दायित्वलाई महानगरपालिकाले इन्कार गर्न मिल्दैन ।’

    उनीहरूले आफूहरूलाई आवासविहीन बनाउने, जीविकोपार्जनको आधारबाट वञ्चित गर्ने गरी गरिने उठीबास लगाउने कार्य गम्भीर मानव अधिकार उल्लंघनको विषय बन्ने र राष्ट्रिय कानुनबाट प्रतिबन्धित मात्रै नभएर गम्भीर अन्तर्राष्ट्रिय निगरानीको विषय बन्नेसमेत दाबी गरेका छन् । ‘हामीलाई आवासविहीन बनाउने, जीविकोपार्जनको आधारबाट वञ्चित गर्ने गरी गरिने उठीबास लगाउने कार्य जो सुकैले गरे पनि त्यो गम्भीर मावन अधिकार उल्लंघनको विषय हुन आउँछ । त्यस्तो कार्य खाद्य अधिकार तथा खाद्य सम्प्रभूता ऐन, २०७५को दफा ४० (ङ) विपरीत कसुरजन्य कार्य हुने र दफा ४२ (ग) अन्तर्गत फौजदारी दायित्व वहन गर्नुपर्ने संघीय कानुनी प्रबन्ध रहेकोबारे समेत ध्यानाकर्षण गराउन चाहान्छौँ,’ ध्यानाकर्षण पत्रमा उनीहरूले भनेका छन् ।

    सुकुम्बासीहरूले जनताको अभिभावकीय दायित्व बहन गर्नुपर्ने संवैधानिक र कानुनी दायित्व बहन गर्नुपर्ने महानगरपालिबाटै राज्यको संरक्षणको खाँचो भएका नागरिकको जीवनमा मानवीय विपद् सिर्जना गर्ने गरी आवासविहीन बनाउन खोजिएकोप्रति आशंका व्यक्त गरेका छन् ।उनीहरूले महानगरपालिकाविरुद्ध आफूहरूले गरेको रिटमाथिको छलफलसमेत उच्च अदालत पाटनमा विचाराधीन रहेको भन्दै मुद्दाको बहसका क्रममा समेत महानगरपालिकाका तर्फबाट कानुनबमोजिम सुकुम्बासीको पहिचान र व्यवस्थापनमा महानगर सहयोगी हुन्छ भन्ने महानगरकोतर्फबाट कानुन व्यवसायीहरूले स्वीकार गरेको समेत स्मरण गराएका छन् ।

    महानगरपालिकाले भूमि आयोगसँग गरेको सम्झौतामा समेत भूमिहीन सुकुम्बासीको पहिचान र लगत संकलन गरेर वैकल्पिक व्यवस्थापन पछि मात्रै उनीहरूलाई हटाउन मिल्ने गरी सम्झौता गरिसकेको थियो । सुकुम्बासी अगुवाहरूले मेयर शाहले त्यसबेला गरेको हस्ताक्षरसहितको सम्झौतापत्र समेत मेयर शाहलाई बुझाएर त्यसबारे स्मरण गराएका छन् ।

    आइतबार, बैशाख १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने
    कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरी बैठक बस्दै
    सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा
    बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
    बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो
    सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

    भर्खरै

    • १.
      सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने

    • २.
      कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरी बैठक बस्दै

    • ३.
      मधेश र लुम्बिनी प्रदेशका सांसदसँग गृहमन्त्रीको छलफल : सीमापार तस्करी नियन्त्रणमा जोड

    • ४.
      सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा

    • ५.
      बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

    • ६.
      बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

    • ७.
      सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

    • ८.
      शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.