• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ५. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ६. सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

  • ७. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ८. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • रसुवागढी। रसुवामा बाढीले आतंक मच्चाएको छ,जसले ठूलो मात्रामा धनजनको क्षति पुर्‍याएको छ। अहिले रसुवामा बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न समिति गठन गरिएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले समिति गठन गरेको हो।

    Advertisement

    गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ। यस समितिले विपद् प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको छ।

    समितिमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, यान्त्रिक कार्यालयका प्रमुख ई. विजय हाछेथु, सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख ई. शसिन्द्र घिमिरे, उत्तरगया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, गोसाइँकुण्ड–२ का वडाध्यक्ष कामी छिरिङ तामाङ सदस्य रहेका छन्।

    त्यस्तै, नेपाल विद्युत प्राधिकरण रसुवा वितरण केन्द्रका प्रमुख गुञ्जमान तामाङ, नेपाल टेलिकम रसुवाका प्रमुख नारायणराज श्रेष्ठ, रसुवागढी जलविद्युत कम्पनीका प्रमुख सत्यराम ज्याख्वा, चिलिमे जलविद्युत कम्पनीका प्रमुख मनिष विष्ट, नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर शोभाकान्त राउत र नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगबहादुर घिमिरे सदस्य रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी समितिका सदस्य सचिव रहेका छन्।

    बैठकले यस समितिलाई आवश्यक सहयोग, निर्देशन, समन्वय र सहजीकरण गर्न जिल्ला सुरक्षा समितिले साथ दिने निर्णयसमेत गरेको छ।

    चीनतर्फबाट आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र पूर्ण रूपमा ध्वस्त भएको छ। नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेकामध्ये ९ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन्, जसमा २ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्।

    यस्तै, ५७ जनाको उद्धार भएको विवरणमा उल्लेख छ। उद्धार कार्यका लागि ३८३ जना प्रहरी टोली परिचालित गरिएको थियो।

    बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ। स्याफ्रुबेँसीदेखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवागढी हाइड्रोको ड्याम र भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति पुगेको विवरण प्राप्त भएको छ।

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
    सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !
    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !
    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ५.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ६.

    • ७.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ८.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.