काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भई कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १०० रुपैयाँ बढेर १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच आइतबार पनि चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार १४१५ रुपैयाँमा कारोबार भएको हो ।