काठमाण्डाै । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गरेको छ । नियमित रुपमा लगाउनुपर्ने खोपहरु लगाउन छुटेका बालबालिकाका लागि आज १५ गते र आउँदो ३१ गते खोप अभियान सञ्चालन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गइ खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
बालबालिकालाई बीसीजी, पोलियो, दादुरा–रुबेलालगायतका खोप दिने गरिएको छ । अभियान देशका ७७ वटै जिल्लामा चल्नेछ । सरकारको निर्णय अनुसार नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाका लागि दुई दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको हो ।

