• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, बैशाख १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

पुम्दीकोटको उचाइबाट प्रेमको उडान

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

लहानलाई मोतिया बिन्दुमुक्तु बनाउने अभियानले सार्थकता पाउँदै

अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन

अब अनलाइनबाटै धितो बन्धकी हुने

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

  • ३. नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

  • ४. सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

  • ५. विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

  • ६. नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

  • ७. कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

  • ८. चिनियाँ सैन्य शक्तिको भित्री पाटो

  • ९. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

  • १०. आजको मौसमःभूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

अब लाइसेन्स लिन १८ वर्ष पुग्नु पर्ने


  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
  • काठमाडौं । सरकारले ३३ वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई विस्थापित गर्दै थप कडा प्रावधानसहितको नयाँ ऐन ल्याउने तयारी गरेको छ ।

    Advertisement

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८२ को मस्यौदा तयार पारी सरोकारवालाहरूसँग राय सुझाव संकलन गरिरहेको हो ।
    सडक दुर्घटना न्यूनीकरण र सुरक्षित चालक उत्पादन गर्ने उद्देश्यले ल्याउन लागिएको यस प्रस्तावित विधेयकमा लाइसेन्स लिने उमेरको हद बढाउनेदेखि ट्रायल परीक्षालाई थप चुनौतीपूर्ण बनाउनेसम्मका व्यवस्था राखिएका छन् ।

    प्रस्तावित विधेयक अनुसार अब चालक अनुमतिपत्र लिनका लागि उमेरको हद दुई वर्ष बढाइनेछ । नयाँ व्यवस्था लागू भएमा दुईपाङ्ग्रे सवारीका लागि १८ वर्ष, साना तथा मझौला (चारपाङ्ग्रे) सवारीका लागि २१ वर्ष र ठूला सवारीका लागि कम्तीमा २३ वर्ष पूरा भएको हुनुपर्नेछ ।

    हाल १६ वर्षमै दुईपाङ्ग्रे र १८ वर्षमा साना सवारीको लाइसेन्स लिन पाउने व्यवस्था छ । साथै पहिलो पटक लाइसेन्सलाई प्रयोजनका आधारमा निजी र व्यावसायिक गरी वर्गीकरण गर्न प्रस्ताव गरिएको छ ।

    सार्वजनिक सवारी, ट्याक्सी वा स्कुल बस चलाउन अनिवार्य रूपमा व्यावसायिक लाइसेन्स लिनुपर्ने र त्यसका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान मस्यौदामा उल्लेख छ ।

    लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) लाई समेत थप व्यवहारिक बनाउन खोजिएको छ । अब परीक्षार्थीले ट्रायल सेन्टरभित्रका नियमित अवरोध मात्र नभई कच्ची र चिप्लो बाटोमा समेत सवारी चलाएर आफ्नो दक्षता प्रमाणित गर्नुपर्नेछ ।

    घुमाउरो, उकालो-ओरालो र पार्किङको विद्यमान परीक्षणलाई यथावत राख्दै सडकको वास्तविक अवस्थामा सवारी चलाउन सक्ने क्षमताको जाँच गरिनेछ । यद्यपि लिखित परीक्षाको प्रणालीमा भने कुनै परिवर्तन गरिएको छैन ।

    मन्त्रालयका अनुसार प्राप्त सुझावहरू समेटेर मस्यौदालाई अन्तिम रूप दिई कानुन र अर्थ मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद् पठाइनेछ ।

    संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएको ९१औं दिनदेखि यो ऐन कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।

    लाइसेन्स लिन कडाइ गरिए पनि नवीकरण गर्दा लाग्ने जरिवाना घटाउने र नेपालबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट जारी गर्ने जस्ता व्यवस्थाहरू पनि विधेयकमा समेटिएको मन्त्रालयले जनाएको छ ।

    बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
    माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला
    कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव
    पुम्दीकोटको उचाइबाट प्रेमको उडान
    लहानलाई मोतिया बिन्दुमुक्तु बनाउने अभियानले सार्थकता पाउँदै
    अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      युवा उद्यमी प्रल्हाद चौहानलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड

    • ३.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    • ४.
      सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

    • ५.
      विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    • ६.
      नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

    भर्खरै

    • १.
      राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने

    • २.
      माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

    • ३.
      कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

    • ४.
      पुम्दीकोटको उचाइबाट प्रेमको उडान

    • ५.
      सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

    • ६.
      लहानलाई मोतिया बिन्दुमुक्तु बनाउने अभियानले सार्थकता पाउँदै

    • ७.
      अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन

    • ८.
      अब अनलाइनबाटै धितो बन्धकी हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.