• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

विश्व जल दिवस : उपत्यकाका खोलामा जलजीव बाँच्न असम्भव, ढल मिसावट नै मुख्य चुनौती


  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
  • काठमाडौं । काठमाडौँ उपत्यका भित्रका नदी–खोलाहरू पार गर्दा नाक थुन्न बाध्य हुने अवस्था आज सामान्यजस्तै बनेको छ । पुलमाथि उभिएर तल हेर्दा पानी बगेजस्तो देखिए पनि त्यसबाट आउने तीव्र दुर्गन्धले ‘यो स्वच्छ नदी होइन, ढल मिसिएको प्रदूषित बहाव हो’ भन्ने प्रष्ट हुन्छ ।

    Advertisement

    यी खोलाहरू आज मानव गतिविधिको चापले थलिएका छन्, जहाँ पानी त बग्छ, तर जीवन बग्दैन। काठमाडौँ उपत्यका भित्रका नदी–खोलाहरू अहिले बाहिरी रूपमा बगिरहेको देखिए पनि वास्तविकतामा ती खोला ढल मा परिणत भइसकेका छन्, जहाँ जलजीव बाँच्ने अवस्था नै छैन ।

    खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार विगत केही वर्षयता मेलम्ची खानेपानी आयोजनाबाट नियमित रूपमा पानी आपूर्ति हुन थालेपछि भने उपत्यकाका केही खोलामा पानी बग्न थालेको छ ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले दैनिक करिब १७ करोड लिटर पानी उपत्यकामा भित्रिने गरेको बताए । तर, त्यो पानी पनि खोलामा मिसिँदा सफा नभई ढलसँग मिसिएर पुनः प्रदूषित बन्ने गरेको भन्दै त्यस्तो पानीमा माछा लगायत कुनै पनि जलजीव बाँच्न सम्भव नरहेको उनले बताए ।

    ‘पानी बगिरहेको देखिए पनि त्यो ढलजस्तै हो। त्यस्तो पानीमा माछा लगायत कुनै पनि जलजीव बाँच्न सक्दैन’उनले स्पष्ट पारे।
    उनको अनुसार उपत्यकाका प्रमुख नदी–खोलाहरू—बागमती नदी, बिष्णुमती नदी, धोवी खोला र टुकुचा खोला—सबैमा मुख्य समस्या अव्यवस्थित ढल व्यवस्थापन नै रहेको छ। घरायसी र व्यवसायिक क्षेत्रबाट निस्कने फोहोर पानी सिधै खोलामा मिसिँदा पानीको गुणस्तर अत्यन्त खराब बनेको उनको भनाई छ।

    सरकारले समस्या समाधानका लागि विभिन्न स्थानमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण तथा सञ्चालन गरिरहेको जनाएको छ। गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र यसको एउटा उदाहरण हो, जहाँ प्रशोधनपछि तुलनात्मक रूपमा सफा पानी खोलामा छोडिने गरिएको छ।
    श्रेष्ठका अनुसार, ‘गुहेश्वरीमा प्रशोधन गरिएको पानी निकै सफा हुन्छ, तर माथिल्लो क्षेत्रमा नै ढल मिसिएको पानी आउने भएकाले समग्र सुधार देखिएको छैन।’

    यसैगरी धोबीघाट फोहोरपानी प्रशोधन केन्द्र निर्माणको चरणमा रहेको छ, जसले धोवी खोलाको प्रदूषण घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
    उनले केवल केही प्रशोधन केन्द्र सञ्चालन गरेर मात्र समस्या समाधान नहुने भन्दै हरेक खोलाको मुहानदेखि नै सुधार गर्दै ल्याउनुपर्छ। स्रोतमै प्रदूषण रोक्न सके मात्रै दीर्घकालीन समाधान सम्भव हुने धारणा राखे ।

    हालको अवस्थामा काठमाडौंका नदी प्रणालीमा जलजीव बाँच्न सक्ने अवस्था नभएको उनले स्वीकार गरे। तर, दीर्घकालीन योजना अन्तर्गत नदीहरूको गुणस्तर सुधार गरी पुनः जीवन्त बनाउने लक्ष्य रहेको उनले बताए।

    उनले भने,‘ काठमाडौँको नदी प्रणालीलाई पहिलाकै अवस्थामा ल्याउने गरी जानै पर्ने हुन्छन्।अहिलेको स्थितिसम्म चै कुनै पनि पानी जन्य जीवहरु बाच्न सक्ने खालका हाम्रो यो काठमाडौंको नदी प्रणालीमा छैन । तर अब दिर्घकालिन रुपमा हामी हामीसँग प्लान छ।’

    उपत्यकाका नदीहरू केवल पानी बग्ने माध्यम मात्र नभई यहाँको सभ्यता, संस्कृति र सहरी सौन्दर्यसँग पनि जोडिएका छन्। तर अहिलेको प्रदूषित अवस्थाले शहरको स्वरूप नै कुरूप बनाएको छ।

    उपत्यकाका खोलाहरूमा अहिले पानी बग्न थाले पनि त्यो जीवनयोग्य छैन। जलजीव बाँच्न नसक्ने अवस्था सुधार गर्न संरचनागत सुधार, प्रभावकारी ढल व्यवस्थापन र दीर्घकालीन योजना कार्यान्वयन अपरिहार्य देखिएको छ।

    पानी संरक्षण र स्वच्छता सुनिश्चित गर्नु आजको आवश्यकता मात्र होइन, भविष्यको अस्तित्वसँग जोडिएको विषय बनेको छ।

    आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.