• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, मङि्सर २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै


  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
  • काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै छ । यस चलचित्रमा नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्य देख्न सकिन्छ ।

    Advertisement

    यसमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्म छन् । नयाँ र अग्रज मात्रै पनि होइन, डेब्यु कलाकार पनि छन् । त्यसैले यो सिनेमालाई कमप्याक्ड टिमको सिनेमा भन्न सकिन्छ ।

    कुनै समय सानो र ठूलो पर्दामा राज गरेका कलाकारदेखि समाजको नयाँ अनुहारसम्म यो सिनेमामा देखिनेछ । गणेश उप्रेती दुई दशकअगाडि सानो पर्दामा एक क्षत्र राज गरेका कलाकार हुन् । उनी ठूलो पर्दामा पनि त्यतिकै लोकप्रिय थिए ।

    अर्का कलाकार हुन्, रमेश उप्रेती । उनी आफ्नो समयमा ठूलो पर्दाका बाघ हुन् । यी दुई अनुभवी कलाकारको अभिनय यो सिनेमामा रहनेछ । ‘झरिपछिको इन्द्रेणी’ अर्जुन घिमिरेले निर्देशन गरेका छन् । उनको यो पहिलो फिचर सिनेमा निर्देशन हो । तर, उनी सानो पर्दाको बाघ हुन् ।
    ‘सक्किगोनी’जस्तो लोकप्रिय सिरियलका निर्देशक र कलाकार भएकाले उनको काम पनि यसमा देख्न पाइनेछ । कमेडीमा राज गरेका उनको कमेडीको अनुभवले पनि ‘झरिपछिको इन्द्रेणी’ हेर्न लायक सिनेमा हुने विश्वास छ ।

    दीपाश्री निरौला उनी आफैमा कुशल निर्देशक र कलाकार हुन्, उनलाई पनि दर्शकले यो सिनेमामा देख्न पाउनेछन् । विमोचन दवाडी र जेसिका पोखरेल जसले यो सिनेमाबाट डेब्यू गर्दैछन् । उनीहरूको डेब्यु हुँदा दर्शकले फ्रेस अनुहार हेर्न पाउनेछन् । नयाँ कलाकारको नयाँ अभिनय हेर्न पाउनेछन् । त्यसैले यो सिनेमा नयाँ, पुराना, डेब्युलगायतको कमप्याक्ट टिमको सिनेमा हुनेछ ।

    यसअघि केही सिनेमामा विशेष भूमिकामा देखिएकी प्रियना आचार्य ‘मुन्नी’ यो सिनेमामा काम गरेकी छन् । ‘झरिपछिको इन्द्रेणीले अहिलेको वर्तमान राजनितिक अस्थिरता, त्यसमा जनता अनि देशमा परेको असर कथा बुनेको छ । त्यसमा पनि जेनजी युवापुस्ता के चाहन्छन् । स्पेशली त्यसमा जेनजी प्रोटेस्ट पनि देख्यौं । युवाहरुको आक्रोस, देशमा सिस्टम नभएपछि त्यसले कति असर पारेको छ । भविष्यप्रतिको चिन्ताले विदेशीएका नेपालीको मन जित्ने विश्वास छ,’ उनले भनिन् ।

    यो सिनेमाबाट डेव्यु गरेका अभिनेता विमोचन दवाडी पनि ‘झरीपछिको इन्द्रेणी’ले आफुलाई नेपाली रजतपटमा स्थापित गर्नेमा विश्वस्त छन् । ‘आफुले झरीपछिको इन्देणीमा गरेको मेहनत पर्दामा देखिन्छ । यो सिनेमा निर्माणमा जति मेहनत लागेको छ, त्यो मेहनत पर्दामा हेर्दा दर्शकको मन छुन्छ जस्तो लाग्छ । जसले दर्शकको माउथ पब्लीसिटीले विस्तारै दर्शक बढ्दै जाने अपेक्षा छ । हाम्रो कुनैपनि मेहनतले फल पनि पाउँछ भन्ने लागेको छ,’ उनले भने ।

    यही सिनेमाबाट अभिनेत्री जेसिका पोखरेलले डेव्यु गर्दैछिन् । रिलिजका हिसाबले झरिपछिको इन्द्रेणी पहिलो भएपनि कामका हिसाले दोस्रो हो । उनले काम गरेको पहिलो सिनेमाको छायांकन अझै सकिएको छैन् रे । त्यसैले पनि झरीपछिको इन्द्रेणीबाट डेव्यु गर्न पाउँदा उत्साहित रहेको बताउँछिन् । ‘यो सिनेमाले मेरो करियरलाई सर्पोट गर्छ । सिनेमाले हाम्रे देशमा अहिले जे भयो । त्यो हुनुभन्दा अगाडी नै स्कृप्ट लेखनसहित छायांकन समेत सकिएको थियो । उहाँहरुले पहिले नै फ्युचर थाहा थियो जस्तो लाग्छ । यस्तो पनि हुनेछ है खालको कन्टेक्स्ट नै लिएर बनाउँनु भएको थियो, त्यसैले पनि यो सिनेमाले दर्शकको मन जित्ने देखिन्छ,’ उनले भनिन् ।

    नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।

    सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

    आगामी पौष ४ गते देशब्यापी रिलिज हुने यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

    निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।

    आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”
    “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”
    राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने
    एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु
    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • २.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ५.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    • ६.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • ७.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ८.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.