काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कको ‘बस टर्मिनल’का रुपमा निर्माण गरेको काठमाडौं टावरको बेसमेन्टमा निजी सवारीको पार्किङ सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार ३ सय साना सवारी साधन (कार) र ७ सय मोटरसाइकल अट्ने पार्किङ २२ चैतदेखि सञ्चालनमा आएको हो ।
अहिले पार्किङ गर्न शुल्क समेत लिइएको छैन । टावरकोमुनि बस टर्मिनल बनाउने भनिए पनि महानगरले अब लामो दूरीमा सबै सवारी नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।बसपार्क बनाउने भन्दै निर्माण भएको टावरको बेसमेन्टमा बस भने पार्किङ नै दिएको छैन । आकस्मिक रुपमा खुलाइएको भएर साना सवारी मात्रै पार्किङ गर्न दिईएको महानगरले जनाएको छ ।