काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन प्रतितोलामा ८०० घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० ले सस्तिएको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० मा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्यसमेत प्रतितोलामा ८०० ले सस्तिएर १ लाख १० हजार २५० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य एकै दिन तोलामा ५५ रुपैयाँले घटेर १ हजार ३७५ मा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

