काठमाडौं । काठमाडौं नेपाल बैंकर्स संघको कार्यकारी बैठकले जेठमा पनि बैंकको ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारिइसके पनि निक्षेपमा उल्लेख्य सुधार नभएकाले जेठमा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय भएको संघले जानकारी दिएको हो ।
बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता कमी हुँदै जाँदा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशसम्म पुर्याएका थिए । गत माघमा घटाएर ११ प्रतिशत र वैशाखदेखि ९.९९ प्रतिशतमा झारेका छन् । संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ ।