काठमाडौं । काठमाडौंमा आज दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो ११ १२ बजेपछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताउनु भएको छ ।
काठमाडौंसहित नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परिरहेको हो । आज तराईका जिल्लामा हावाहुरी समेत चल्ने महाशाखाले बताएको छ । भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्नेसम्भावना रहेको छ । पानी पर्न थालेसँगै काठमाडौंमा चिसो बढेको छ ।