काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनमा निर्वाचित तीन सदस्यले शुक्रबार शपथ लिँदै हुनुहुन्छ । शुक्रबार बिहान ११ बजे सभामुख देवराज घिमिरेले निर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउदै हुनुहुन्छ ।
वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट रास्वपाबाट स्वर्णिम वाग्ले, चितवन २ बाट रास्वपाकै रवि लामिछाने र बारा २ बाट जसपाका उपेन्द्र यादव विजयी हुनु भएको थियो । मंसिर ४ गते चितवन २ बाट जित्नु भएका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद गएपछि उपनिर्वाचन भएको हो ।