• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

  • १. रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

  • २. अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

  • ३. निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

  • ४. नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

  • ५. जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

  • ६. काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

  • ७. ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

  • ८. कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

  • ९. सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

एकता नहुँदै नाउपा र जनमतबीच नाम घोषणामा विवाद

  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच ९ बुँदे सम्झौतासहित आज पार्टी एकता गर्ने तयारी गरिएको छ । तर, सचिवालय, कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नामका विषयमा विवाद हुँदा तोकिएको समयमा एकता घोषणा नहुने निश्चित जस्तै बनेको छ ।

    Advertisement

    आज ११ बजे प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा गर्ने तयारी गरिएको थियो । प्रज्ञा प्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेसम्मको तयारी भएको थियो । तर, अहिले दुई दलबिच सचिवालय, कार्यसम्पादन र केन्द्रीय कार्य समितिका विषयमा कुरो बाझिएको छ ।

    एकतापछि ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०–५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने सहमति भएको थियो । दुवै पार्टीबाट २५–२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो ।

    २५ सदस्यीय सचिवालय सदस्य रहने जसमा जनतमबाट १२ र जना नागरिक उन्मुक्तिबाट १२ जना रहने र संरक्षक रेशम चौधरी रहने दुई दलबिच छलफलमा सहमति भएको थियो । अहिले नागरिक उन्मुक्ति पार्टीले आफ्नो तर्फबाट सबैको नाम टुङ्गो लगाउँदा जनमत पार्टीले भने नाम टुङ्गो लगाउन सकेको छैन ।

    नाउपाले सबै विषय टुङ्गो लगाएर मात्रै एकता गर्ने जनाएको छ भने जनमत पार्टीले संरक्षक अध्यक्ष र सहअध्यक्ष घोषणा गर्ने सचिवालय, केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नाम पछि टुङ्गो लगाउने जनाएको छ ।

    यसअघि नै नाउपाका संरक्षक रेशम चौधरी एकतापछि पनि संरक्षक रहने जनतम पार्टीका अध्यक्ष सिके रावत एकतापछि पनि अध्यक्ष रहने र नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ एकतापछिको पार्टीको सहअध्यक्ष रहने सहमति भइसकेको थियो ।

    यता नाउपाले भने केन्द्रीय समिति, कार्यसम्पादन र सचिवालयको सबै नामहरू टुङ्गिएपछि मात्रै एकता गर्ने जनाएको छ ।

    ‘थारु समुदायलाई धोका दिन चाहन्न , कुनै पनि विषय उधारो राखेर एकता गर्दैनौँ’, नाउपाका संरक्षक रेशम चौधरीले भने, ‘हामी एकताको पक्षमा छौँ तर, सबै विषय टुङ्गो लगाएर मात्रै एकता हुन्छ ।’

    नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै संरक्षक चौधरीले ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने जानकारी गराइसकेका छन् । अध्यक्ष रन्जिता श्रेष्ठले पनि त्यसमा सहमत छिन् । तर, अहिले केही विवाद एकताका अधिकांश विषय टुङ्गो लागिसकेको छ पार्टीको नाम नागरिक जनमत राख्न दुवै पार्टी सहमत छन् ।

    नेता–कार्यकर्ताहरूले ’जय नागरिक’ भनेर सम्बोधन गर्न र चुनाव चिन्ह ढकिया राख्ने विषयमा सहमति भइसकेको छ । तर, मुख्य विषयमा कुरा नमिल्दा एकतामै धक्का लाग्ने सङ्केत देखिएको छ ।

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन
    उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक,‘गफ होइन काम, भाषण होइन परिणाम मूल एजेन्डा

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • २.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ३.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ४.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ५.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.