• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल


  •   शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले सगरमाथा आरोहण केवल भौतिक उचाइ प्राप्त गर्ने विषय नभई आत्माको गहिराइसम्म पुग्ने आन्तरिक यात्रा भएको बताएका छन् ।

    Advertisement

    शुक्रबार ७३ औँ सगरमाथा दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सगरमाथा चढाइलाई मानव साहस, ध्यान, आत्मबल र आध्यात्मिक चेतनासँग जोडेर व्याख्या गरेका हुन् ।

    उनले सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै नेपालले हरेक वर्ष सगरमाथा दिवस मनाउँदै आएको बताए ।

    ‘सगरमाथा चढ्नु भनेको के हो भनेर सगरमाथा नचढेकालाई थाहा हुँदैन । हामी त अनुमान मात्रै गर्न सक्छौँ,’ मन्त्री पौडेलले भने, ‘तर संसारका साहसिक यात्राहरू बाहिरी यात्रा मात्र होइनन्, ती वास्तवमा आन्तरिक यात्राहरू हुन् । आत्मैदेखि बलियो नभएको मानिस यस्तो यात्रामा जान सक्दैन ।’

    उनले धार्मिक तीर्थयात्रा र हिमाल आरोहणबीच समानता रहेको उल्लेख गर्दै संसारका सबै धर्मले यात्रालाई आध्यात्मिक साधनाको रूपमा व्याख्या गरेको बताए । हिन्दू, बौद्ध, इस्लाम र क्रिस्चियन धर्ममा तीर्थाटनको विशेष महत्त्व रहेको उल्लेख गर्दै उनले मानिसलाई कठिन यात्रामार्फत आफ्नै अन्तरात्मासँग साक्षात्कार गराउने उद्देश्य तीर्थाटनको मूल भाव भएको पनि उल्लेख गरे ।

    मन्त्री पौडेलले सगरमाथा आरोहणलाई ध्यान र आत्मअनुभूतिको यात्रासँग तुलना गर्दै भने, ‘सगरमाथा चढ्नु भनेको आफ्नै श्वासप्रश्वासलाई गन्नु पनि हो । त्यो एक प्रकारको ध्यान हो,’ उनले थप भने, ‘मानिसहरू त्यहाँ पुग्नुको कारण केवल विजय होइन, त्यो अवस्थाको अनुभूति र आनन्द पनि हो ।’

    उनले हिमालमाथि उभिनु भनेको हिमालभन्दा अग्लो हुनु नभएको स्पष्ट पार्दै मानव अस्तित्व हिमालको सामुन्ने निरीह हुने बताए । ‘के मानिसका अहंकार हिमालभन्दा अग्ला छन ? अवश्य पनि छैनन्,’ उनले भने, ‘हिमालको सम्मुखमा हामी टुहुरा र निरीह छौँ ।’

    उनका अनुसार सगरमाथा आरोहण व्यक्तिगत उपलब्धि मात्र होइन, सामूहिक चेतना र मानवताको साझा प्रेरणा हो । उनले कुनै पनि व्यक्ति पूर्ण रूपमा एक्लै सगरमाथा चढ्न नसक्ने भन्दै आरोहणमा सहकार्य, विश्वास र सामूहिक प्रयासको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताए ।

    मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण हिमाल र हिमनदीहरू गम्भीर संकटमा परेको चेतावनी दिए । वैश्विक तापमान वृद्धिका कारण हिमालहरू पग्लिँदै गएको, हिमाली समुदाय जोखिममा परेको तथा विश्वका तटीय क्षेत्र डुबानमा पर्ने खतरा बढेको उनले बताए ।
    ‘हिमाल भनेको विश्वकै सबैभन्दा ठूलो खानेपानीको स्रोत हो,’ उनले भने, ‘त्यसैले हाम्रा ऋषि–मुनिहरूले हिमाललाई ईश्वरको बासस्थान भनेका हुन् । जीवनको मूल स्रोत नै हिमाल हो ।’ उनले हिमालको संरक्षणलाई नेपाल मात्र होइन, सम्पूर्ण विश्वको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा राखे । ‘हिमाल हाम्रो मात्रै होइन, अब विश्वको सम्पत्ति हो,’ उनले भने, ‘हामीले संसारको ध्यान हिमालको सुरक्षातर्फ आकर्षित गर्न सक्नुपर्छ । हिमाल सुरक्षित नभएसम्म हामी पनि सुरक्षित हुन सक्दैनौँ ।’

    पर्यटन विकासको सन्दर्भमा उनले हिमाली पर्यटन नेपालको सबैभन्दा ठूलो पहिचान र सम्भावना भएको बताए। भगवान् बुद्धको जन्मस्थल, पशुपतिनाथ, जैविक विविधता लगायतका अनेकौँ चिनारी भए पनि नेपाललाई विश्वमा चिनाउने सबैभन्दा अग्लो पहिचान हिमाल नै भएको उनको भनाइ थियो।
    ‘हिमालबाट नै नेपालको समृद्धि सम्भव छ, राष्ट्रिय स्वाभिमान जागृत गर्न सकिन्छ र गरिबी निवारणको आधार तयार गर्न सकिन्छ,’ उनले भने। कार्यक्रममा उनले चर्चित आरोही कामीरिता शेर्पा, ल्हाक्पा शेर्पा, मिङ्मा शेर्पा लगायत सम्पूर्ण आरोहीहरूलाई धन्यवाद दिँदै उनीहरूको उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण मानवताको गौरव भएको बताए ।

    ‘कामीरिता शेर्पाले पटक–पटक सगरमाथा चढ्नु उहाँको मात्र रेकर्ड होइन, त्यो सम्पूर्ण मानवताको उपलब्धि हो,’ उनले भने, ‘यो एक प्रकारको सानोतिनो बुद्धत्व हो।’ मन्त्री पौडेलले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त बनेकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

    शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.