• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ७. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ८. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

चन्द्रपुरको मुख्य चोकमा रहेको पार्क बन्दै कुरुपस् संरक्षणको अभावमा संरचना बेवारिसे


  •   बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
  • रौतहट । रौतहटको ‘गेटवे’ मानिने चन्द्रपुर नगरपालिकाको मुख्य चोक। जहाँ झन्डै एक दशकअघि एउटा आकर्षक पार्क निर्माण गरियो । उद्देश्य थियो-सहरको सौन्दर्य बढाउने र बटुवालाई थकाई मार्ने सुबिस्ता दिने । तर, उचित संरक्षण र नियमित सरसफाइको अभावमा अहिले यो पार्क चन्द्रपुरको पहिचान बन्नुको साटो कुरूप देखिन थालेको छ ।

    Advertisement

    वातावरण मैत्री स्थानीय शासन अन्तर्गत चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा वि.सं. २०७२ सालमा यो पार्कको निर्माण भएको हो । पार्कभित्र रहेका पानीका फोहोरा (फाउन्टेन), प्रतीक्षालय, राष्ट्रिय झन्डा, रङ्गीचङ्गी बोटबिरुवा, आकर्षक बत्ती र आराम गर्ने कुर्सीहरूले सुरुवाती दिनमा जो-कोहीको मन लोभ्याउने गथ्र्यो । पूर्व–पश्चिम राजमार्ग भएर हिँड्ने यात्रुहरू र स्थानीयका लागि यो फोटो खिच्ने र थकाई मार्ने मुख्य थलो बनेको थियो ।

    तर, अहिले अवस्था फेरिएको छ । पार्कभित्रका रुख र बिरुवाका पातहरू झरेर जताततै फोहोर थुप्रिएको छ । गोडमेल नहुँदा झारले पार्कको सौन्दर्यलाई कुरूप बनाएको छ । सबैभन्दा दुःखको कुरा, लाखौँ खर्चेर बनाइएका पानीका फोहोरा र आकर्षक बत्तीहरू अहिले प्रयोगविहीन र जीर्ण अवस्थामा छन् । चर्को गर्मी र बर्खामा ओत लाग्ने प्रतीक्षालय र चौताराहरू पनि मर्मत नहुँदा उराठ लाग्दा देखिन्छन् ।

    स्थानीय बासिन्दाहरू नगरपालिकाको यस्तो उदासीनताप्रति रुष्ट छन् । चन्द्रपुर नगरपालिका- ४ का स्थानीय केदार कोइराला भन्छन्, “सुरुमा चर्चा कमाउनका लागि संरचना निर्माण गर्ने तर पछि त्यसको वास्ता नगर्ने प्रवृत्ति हाबी भयो। यत्रो लगानी गरेर बनाइएको संरचना यसरी अलपत्र छाड्नु सरासर लापरबाही हो । यसले चोकको मात्र होइन, सिङ्गो नगरकै छवि धुमिल बनाएको छ ।”

    पार्कको यो दयनीय अवस्थाबारे वडा तहबाट पनि स्वीकारोक्ति आएको छ । चन्द्रपुर नगरपालिका ४ का वडा अध्यक्ष रवि राना मगरले विविध प्राविधिक र व्यवस्थापकीय कारणले गर्दा समयमै सरसफाइ र मर्मत हुन नसकेको स्वीकार गरेका छन् ।

    उनले भने, “हामीले यसलाई प्राथमिकतामा राखेका छौँ, अब छिट्टै यसको मर्मत सम्भार र सरसफाइ गरेर पुरानै लयमा फर्काउने योजना छ ।”

    कुनै पनि सार्वजनिक संरचना निर्माण गर्नु मात्र उपलब्धि होइन, त्यसको दिगो संरक्षण र व्यवस्थापन गर्नु स्थानीय सरकारको मुख्य जिम्मेवारी हो । मुख्य चोककै मुहार मानिने पार्क यसरी बेवारिसे बन्नुले नगरपालिकाको व्यवस्थापकीय क्षमतामाथि नै प्रश्न उठाएको छ । स्थानीयहरूले तत्काल विशेष अभियान चलाएर पार्कको सौन्दर्य फर्काउन माग गरेका छन् । यदि समयमै ध्यान नदिए यो संरचना पूर्ण रूपमा नष्ट हुने निश्चित छ ।

    बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ
    बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस
    रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?
    पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
    म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    भर्खरै

    • १.
      गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

    • २.
      बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

    • ५.
      म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

    • ६.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • ७.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ८.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.