काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो ।

