काठमाडौँ । काठमाडौँ उपत्यकामा आज असिनासहित वर्षा भएको छ । वर्षाका कारण जनजीवन सामान्य प्रभावित बनेको छ । मौसम बर्षात संगै बादल बाक्लिएर चिस्यानसंग मिसिदा दिउसै रात परेको अनुभिती भैरहेको एक व्यक्तिले जनाए।
जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै विशेषगरी तराईका केही जिल्लामा हुरीसहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

