• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ७. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • ८. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ९. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

घण्टीमा भोट हाल्नेलाई कारबाही गर्दै प्रचण्ड नेतृत्वको नेकपा


  •   शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि पार्टीभित्रैबाट असहयोग भएको संकेत गर्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनका नेताहरूको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नै केन्द्रीय सदस्य र प्रदेश तहका नेताहरूले पार्टी उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको बताए।

    Advertisement

    उनका अनुसार करिब ५० प्रतिशत भोट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न “घण्टी” मा गएको ‘जनरल रिपोर्ट’ प्राप्त भएको छ। उनले स्पष्ट रूपमा निर्देशन दिँदै भने— को-को नेताहरू आफ्नो क्षेत्रमा गएनन्, कसले भोट हालेनन्, र कसले घण्टीमा मत दिए, त्यसको ठोस विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्छ। त्यस्ता व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी पनि उनले दिए।

    प्रचण्डका अनुसार कारबाहीको प्रक्रिया केन्द्रीय सदस्यहरूबाटै सुरु हुनेछ। “पार्टी निर्माण गर्न अनुशासन अपरिहार्य छ,” उनले भने, “निर्वाचनको समयमा पार्टीभन्दा बाहिर जाने प्रवृत्तिलाई अब सहन सकिँदैन।” उनले पार्टी पुनर्गठनको सुरुवात पनि यहीँबाट हुने उल्लेख गर्दै विचार, राजनीति र संगठनलाई नयाँ ढंगले सुदृढ बनाउनुपर्नेमा जोड दिए।

    निर्वाचन परिणामले पार्टीलाई ठूलो झट्का दिएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी ८ सिटमा सीमित भयो। यसले पार्टीभित्र आत्मसमीक्षा र सुधारको आवश्यकता औँल्याएको छ। पार्टीले तल्लो कमिटीसम्म सर्कुलर जारी गरी समीक्षा रिपोर्ट संकलन गरिरहेको छ, जसमा आफ्नै कार्यकर्ताबाट अपेक्षित समर्थन नपाएको निष्कर्ष व्यापक रूपमा आएको छ।

    प्रचण्डले विकास, पैसा वा प्रचार मात्रले चुनाव जित्न नसकिने तर्क पनि प्रस्तुत गरे। उनका अनुसार मुख्य कुरा विचार, राजनीति र निरन्तर सङ्घर्ष हो। “हामी विचार र मुद्दामा अझै बलियो छौँ,” उनले भने, “तर सङ्घर्षमा केही पछि परेका कारण यस्तो परिणाम आएको हो।”

    उनले पार्टीलाई चुस्त, अनुशासित र विचारमा स्पष्ट बनाउँदै पुनः सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    शुक्रबार, चैत ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ
    बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस
    रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?
    पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
    म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    भर्खरै

    • १.
      गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

    • २.
      बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

    • ५.
      म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

    • ६.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • ७.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ८.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.