काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३ सय ७७ मतगणना भएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८ सय ५० मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७ सय ३३, नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७ सय ३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८ सय १६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७ सय ८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

