• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

रास्वपाले हतार हतारमा बैठक बोलायो

रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

लोकप्रिय समाचार

  • १. विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

  • २. रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

  • ३. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

  • ४. जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

  • ५. विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

  • ६. आज सुनचाँदीको मूल्य घट्यो

  • ७. केपी ओलीको स्थान हद फुकुवा

  • ८. ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

  • ९. सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

  • १०. रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको मिलन लिम्बूको घोषणा

कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • पौष १९ काठमाडौं । नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् । जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ ।

    Advertisement

    शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने मिति तय गर्दै महाधिवेशन कार्यतालिका संशोधन गरिसकेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सार्वजनिक आह्वान गरेपछि परिस्थिति थप पेचिलो बनेको थियो ।

    तर शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्न गरेको प्रस्ताव पारित भएपनि महामन्त्रीद्वयले विशेष महाधिवेशन भइछाड्ने अडान लिएका छन् । जसका कारण पार्टी गम्भीर मोडमा आइपुगेको छ । धेरैजसो कार्यकर्ताहरुले पार्टीलाई फुटबाट जोगाउन आब्हान गरिरहेका छन् ।

    कांग्रेसका नेता डा.चन्द्र भण्डारीले पार्टीको भविष्य र मुलुकप्रतिको चासोकै कारण कार्यसम्पादन समितिको बैठकमा सहभागी भएर आफ्ना भनाइहरु राखेको बताइरहेका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा बस्ने मन नभए पनि पार्टी र देशप्रतिको जिम्मेवारीका कारण उपस्थित भएको स्पष्ट गरे ।

    उनले भने, ‘कार्यसम्पादन समितिको बैठकमा बस्ने मन थिएन । तर पार्टीको भविष्यप्रति र मुलुकप्रति चासो छ । किनभने यो पार्टीको लागि, देशको लागि धेरै वर्ष म जेल बसेको हो । हामीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका साथिहरुको कुरा सम्बोधन गर्नुपर्छ । पार्टीलाई पनि विखण्डन हुन नदिनुपर्ने छ ।’

    डा. भण्डारीले पार्टी र देशका लागि आफूले धेरै वर्ष जेल जीवन बिताएको स्मरण गराउँदै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका नेताहरूको विषय सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए । साथै उनले पार्टीलाई विखण्डन हुन नदिन नेतृत्व गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।

    यसैगरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी नफुट्ने दाबी गरेका छन् । उनले हप्ता १० दिनपछि मुस्कुराएर नै कांग्रेस एक ढिक्का भएको जनकारी गराउने बताए ।

    उनले भने, ‘अहिलेको विषयलाई मुस्कुराउँदै हामी समाधान गर्छौं यति मात्र स्पष्ट हुनुभए हुन्छ । नेपाली कांग्रेस पार्टीको विधानको व्यवस्था बमोजिम कुनैपनि कार्य गरेर जाँदै गर्दा ढुक्कासाथ म भन्छु–हप्ता १० दिनपछि मुस्कुराएको तपाईंहरुले देख्नुहुने छ । कांग्रेस पार्टी फुट्दैन् । ढिक्का रहन्छ कांग्रेस । धेरैले अहिलेको अवस्थाले पार्टी फुट्ने त होइन भनेर आशंका व्यक्त गर्नुभएको छ । कसैले आशंका नराख्नुहोला ।’

    यसैगरी नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको म्याद जेठ मसान्तसम्म थपिएको जानकारी दिएका छन् । यसअघि माघ मसान्तसम्मका लागि थपिएको म्याद अब विधानअनुसार जेठ मसान्तसम्म विस्तार गरिएको हो । साथै तल्लो तहका संगठनहरूको म्याद पनि विधानको व्यवस्थाअनुसार थपिएको उनले बताए ।

    प्रवक्ता महतका अनुसार नेपाली कांग्रेस १५औँ नियमित अधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको छ । तर कार्यतालिकाअनुसार समयमा सबै प्रक्रिया सम्पन्न गर्न नसकिएकाले क्रियाशील सदस्यता वितरण र केन्द्रमा पठाउने समय केही थप गर्नुपरेको हो । समय थपिएपछि छानबिन गरेर अन्तिम नामावली टुंगो लगाई निर्वाचन आयोगलाई हस्तान्तरण गरिने उनले स्पष्ट पारे ।
    उनले निर्वाचन आयोगले जिल्ला–जिल्लामा वडा तहदेखि अधिवेशन गराउन पर्याप्त समय नपुग्ने अवस्थाका कारण कार्यतालिका संशोधन गर्नुपरेको बताए । ‘१५औँ अधिवेशनको प्रक्रिया निरन्तर जारी छ, परिस्थिति बस समयसीमा मात्र लम्ब्याउनुपरेको हो,’ उनले भने ।

    फागुन २१ गतेको आम निर्वाचनका कारण अधिवेशनको समय बैशाखभन्दा अघि फागुन वा चैतमै हुने भनेर यकिन गर्न नसकिएको पनि प्रवक्ता महतले बताए । तर महामन्त्रीद्वय थापा र शर्माले फरक मत राख्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । जसका कारण पार्टीले भविष्यमा कुन आकारलिन्छ भन्नेमा संशय पैदा भएको छ ।

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी
    रास्वपाले हतार हतारमा बैठक बोलायो
    रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो
    ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा
    गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ
    विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

    Facebook Page

    लोकप्रिय

    • १.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • २.
      रास्वपा भक्तपुर नगर सभापतिको युवाहरुलाई खुल्ला पत्र !

    • ३.
      पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने तयारि

    • ४.
      जग्गा लिलामी प्रक्रियामा गएपछि लालबहादुरले बैंकभित्रै गरे आत्मदाहको प्रयास

    • ५.
      विवेकशील साझाबाट आएका सात जना रास्वपाको केन्द्रीय समितिमा मनोनयन

    • ६.
      आज सुनचाँदीको मूल्य घट्यो

    भर्खरै

    • १.
      कुलमान घिसिङलाई अध्यक्ष घोषणा गर्ने उज्यालो नेपालको तयारी

    • २.
      रास्वपाले हतार हतारमा बैठक बोलायो

    • ३.
      रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भाँडियो

    • ४.
      विशेष महाधिवेशनमा उपस्थित हुन बारा जिल्लामा कांग्रेसको ह्विप जारी !

    • ५.
      ज्ञानेन्द्र शाही रास्वपा नेताहरूसँग छलफलमा

    • ६.
      गण्डकीमा कांग्रेस–एमालेको गठबन्धनको दुई तिहाइ सुनिश्चित, मतभार यस्तो छ

    • ७.
      विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

    • ८.
      सुदूरपश्चिममा नेकपाको उम्मेदवारी दर्ता

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.