• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ७. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • ८. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

एमालेलाई प्रधानमन्त्री कार्कीको सन्देश !


  •   बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका १२५ वटा दललाई सरकारको प्राथमिकताबारे जानकारी दिन छलफलका लागि बोलाएकी थिइन् । जुन बैठकबाट उनले सरकार चुनाव गर्ने लक्ष्यमा स्पष्ट रहेको मात्र बताइनन् चुनाव नहुने भन्दै संसद् पुनर्स्थापनाको माग लिएर हिँडिरहेको एमालेलाई उनले चारवटा सन्देश दिइन् ।

    Advertisement

    बैठकमा एमालेका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली र विघटित प्रतिनिधिसभा सदस्य महेश बर्तौला सहभागी थिए । एमालेको नाम त प्रधानमन्त्री कार्कीले लिइनन् तर उनका सबै भनाइहरू अहिले संसद् पुनर्स्थापनाको माग राख्ने दलप्रति नै लक्षित थियो ।

    एमालेले कार्की नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने भन्दै आशंका गर्दै आएको छ । यतिमात्रै होइन एमालेले सरकारको निर्माण नै असैवंधानिक तवरले भएको भन्दै संसद् पुनर्स्थापनाको हुनुपर्ने अडानसहित अब अदालतमा रिट हाल्ने समेत तयारी गरेको छ ।

    एमाले प्रतिनिधिहरूसमेत सहभागी भएको बुधबारको बैठकमा प्रधानमन्त्री कार्कीले उनीहरूका गतिविधि कुनै हालतमा जायज नरहेको सन्देश दिइन् । उनका चार सन्देश यस्ता छन् :

    १. संसद् पुनर्स्थापनाको माग राजनीतिक दुर्घटना निम्त्याउने कोशिस

    प्रधानमन्त्री कार्कीले अहिले जेनजी आन्दोलनपछि भएको संसद् विघटनलाई उल्टाउन खोज्दा थप दुर्घटना हुने चेतावनी दिएकी छन् । यस्तो कार्यले मुलुकलाई थप अस्थिरतामा लैजाने उनले उल्लेख गरेकी छन् ।

    ‘निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुन:स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्छ,’ उनले भनेकी छन्, ‘अब संसद् पुन:स्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुन्छ ।’उनले राजनीतिकि बहसहरूलाई संवैधानिक निकासको बाटोमा लैजानुपर्ने उल्लेख गरेकी छन् । एमाले पनि संवैधानिक रुपमा र्ट्याकमा आउनका लागि संसद् पुनर्स्थापना भनेको छ । तर संवैधानिक र्ट्याकमा आउने बाटोको विषयमा प्रधानमन्त्री र एमाले धारणा परस्परविरोधी छ । प्रधानमन्त्री कार्कीले संवैधानिक निकासको बाटो निर्वाचन भएको उल्लेख गरेकी छन् ।

    २. लोकतन्त्रमा विश्वास गर्ने चुनावबाट भाग्ने ?

    प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा विश्वास गर्ने दलहरूले चुनावबाट भाग्ने खालको गतिविधि राम्रो नहुने पनि बताइन् । यदी कुनै दल चुनावबाट भाग्नु भनेको संवैधानिक दायित्वबाट पलायन भएको ठहर्ने समेत प्रधानमन्त्री कार्कीको अभिव्यक्ति छ । जनमतको सम्मान नगरी पुनर्स्थापनाको कुरा गर्नु भनेको दायित्व विर्सनु भएको उनको धारणा छ ।

    ३. के अराजकता खोजेको हो ?

    प्रधानमन्त्री कार्कीको अभिव्यक्तिमा चुनाव बहिष्कार गर्ने मुद्दा बोकेर अराजकता निम्त्याउन खोजेको हो कि भन्ने आशंका पनि झल्किएको छ ।

    ‘दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ,’ प्रधानमन्त्री कार्कीले भनेकी छन् ।

    लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल नै हुन् भएको उल्लेख गर्दै उनले दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना पनि असम्भव हुने धारणा पनि राखिन् ।

    उनले मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन आग्रह मात्र गरिनन् यो समयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया भन्दा पनि राष्ट्रप्रतिको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीको जाँच समेत भएको उल्लेख गरिन् ।

    ‘दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ,’ उनले भनेकी छन् ।

    ४. हेट स्पिच बन्द गर

    प्रधानमन्त्री कार्कीले सरकार र निर्वाचनविरुद्धका द्वेषपूर्ण अभिव्यक्ति नेताहरूले दिइरहेकोबारे पनि चासो राखिन् । उनले निर्वाचनको सँघारमा हामीले राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिनु आवश्यक रहेको भन्दै सचेत गराएकी छन् ।

    ‘केही नेताहरूले प्रयोग गर्नुभएका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएका छन्,’ उनले भनिन्, ‘आचारसंहिताको गम्भीर उल्लङ्घन मान्दै त्यस्ता द्वेषपूर्ण अभिव्यक्ति र हेट स्पीचविरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्नेछ ।’

    उनले शब्दहरूको मर्यादा कायम गर्न ध्यानाकर्षण गराउँदै राजनीतिमा संस्कार र अनुशासन पनि अनिवार्य रहेको स्मरण गराएकी छन् ।onlinekhabar बाट

    बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ
    बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस
    रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?
    पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
    म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    भर्खरै

    • १.
      गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

    • २.
      बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

    • ५.
      म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

    • ६.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • ७.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ८.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.