• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ८. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल


  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले साना तथा मझौला व्यवसायी संकटमा परे नेपालको अर्थतन्त्र, बैंकिङ प्रणाली र राजस्व संरचनामै गम्भीर असर पर्ने चेतावनी दिएका छन् । अर्थबजार डटकमद्वारा मंगलबार आयोजित आगामी वजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै बोल्दै दाहालले राज्यको वर्तमान नीति र कर प्रणालीका कारण मध्यम वर्गीय व्यवसायी सबैभन्दा बढी दबाबमा परेको बताए । ‘ठूला व्यवसायी आफ्नो संरचनाले टिकिरहेका छन्, गरिब वर्ग खर्च गरेर बाँचिरहेको छ, तर चुलो बाल्ने मध्यम व्यवसायी नै अहिले सबैभन्दा बढी मारमा परेको छ,’ उनले भने ।

    Advertisement

    उनले मध्यम व्यवसायीले नै रोजगारी सिर्जना गर्ने, साना वर्गको चुलो बाल्ने र ठूला उद्योगलाई बजारसम्म पुर्याउने काम गरिरहेको उल्लेख गर्दै सरकारको आगामी बजेटले यही वर्गलाई केन्द्रमा राख्नुपर्ने बताए । दाहालका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा तरलता भए पनि व्यवसायीले ऋण लिन नसक्ने अवस्था बनेको छ। ‘१५ अर्बभन्दा बढी कर्जा बजारमा जान सकेको छैन। लाखौँ व्यवसायी कालोसूचीमा छन्। उनीहरूले बैंक, फाइनान्स र राज्यलाई तिर्न सकिरहेका छैनन्,’ उनले भने, ‘यो गाँठो कसरी फुकाउने भन्नेमा सरकारले तत्काल सोच्नुपर्छ ।’

    पर्यटन क्षेत्रबारे बोल्दै उनले भूकम्प, कोरोना महामारी र पछिल्ला कर नीतिले पर्यटन व्यवसाय थला परेको बताए। टिकटिङ व्यवसायमा लगाइएको भ्याटले साना ट्राभल एजेन्सीहरू समस्यामा परेको उनको भनाइ थियो। दाहालले नेपालमा पर्यटनको सम्भावना अत्यन्त ठूलो भए पनि नीति अभावका कारण अपेक्षित लाभ लिन नसकिएको बताए। ‘२०१७ देखि २०२५ सम्म आउँदा पनि नेपालले वार्षिक करिब १२ लाख पर्यटककै हाराहारी पार गर्न सकेको छैन,’ उनले भने।

    उनले भुटानको उदाहरण दिँदै पर्यटनसँगै कृषि उत्पादनको खपत बढाउने नीति आवश्यक रहेको बताए। ‘यदि होटलहरूले अनिवार्य रूपमा नेपाली उत्पादन प्रयोग गर्ने नीति ल्याइयो भने पर्यटनसँगै कृषि र रोजगारी दुवै क्षेत्र चलायमान हुन्छ,’ उनको भनाइ थियो। दाहालले कोरला नाकालाई रणनीतिक रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए। चीन र भारत दुवैको चासो कोरला नाकामा बढिरहेको उल्लेख गर्दै उनले नेपालले त्यसलाई व्यापारिक तथा धार्मिक पर्यटनको केन्द्र बनाउन सक्ने बताए ।

    उनका अनुसार हाल नेपालमार्फत करिब २५ हजार भारतीय पर्यटक कैलाश मानसरोवर यात्रा गरिरहेका छन्। ‘यदि कोरला नाका व्यवस्थित गरियो भने यो संख्या पाँच लाखसम्म पुर्याउन सकिन्छ, जसबाट वार्षिक एक खर्बभन्दा बढी आर्थिक गतिविधि सम्भव हुन्छ,’उनले दाबी गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै कोरला नाका र भिसा सेन्टरलाई जोडेर धार्मिक पर्यटन विस्तार गर्न सकिने उनको भनाइ थियो । दाहालले साना व्यवसायीलाई भ्याट प्रणालीमा जबर्जस्ती तान्ने नीति पुनरावलोकन गर्न सरकारसँग माग गरे। ‘३० लाख कारोबार पुगेकै आधारमा भ्याटमा लैजाने प्रणालीले व्यवसायी टिक्न सकिरहेका छैनन्,’ उनले भने, ‘दर घटाएर दायरा बढाउने नीति आवश्यक छ ।’ उनले डलर भित्र्याउने क्षेत्र—जस्तै पर्यटन, ट्राभल, ट्रेकिङ, कन्सल्टेन्सी र आईटी सेवा—मा सरकारले भ्याट नलगाउन सुझाव दिए । दाहालले आगामी बजेटले मध्यम वर्गीय व्यवसायी, पर्यटन क्षेत्र र डलर आर्जन गर्ने उद्योगलाई केन्द्रमा राखेर नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए।

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.