• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. भुर्तेलको ऐतिहासिक इनिङ्समा नेपालद्वारा चीनसामु ३१४ रनको विशाल लक्ष्य

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

नेपालका आइटी व्यवसायी अमेरिकामा, नेपाल टेक रोडशो यूएसएको आयोजना


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • अमेरिका । अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ।
    नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज ‘नास–आइटी’ र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो। कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    Advertisement

    रोडशोमा वक्ताहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको सफ्टवेयर तथा आईटी सेवा क्षेत्र, दक्ष इन्जिनियरिङ जनशक्ति, स्टार्टअप इकोसिस्टम, आउटसोर्सिङ क्षमता तथा आईटी निर्यातको सम्भावनाबारे चर्चा गरेका थिए। कार्यक्रममा नासआईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठ, लिपफ्रगका संस्थापक हिमाल कर्माचार्य तथा हाम्रोपात्रोका शंकर उप्रेतीले नेपालको डिजिटल रूपान्तरण र प्रविधि क्षेत्रमा देखिएका अवसरहरू शेयर गरेका थिए ।

    हाल नेपालमा दुई हजारभन्दा बढी प्रविधि कम्पनी, १ लाखभन्दा बढी टेक प्रोफेसनल तथा वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी निर्यात रहेको छ । पछिल्ला वर्षहरूमा नेपालको टेक क्षेत्रमा भएको प्रगतिले धेरै डायस्पोरा सदस्यलाई समेत आश्चर्यचकित बनाएको सहभागीहरूले बताएका छन्। नास आईटीले यसअघि सम्पन्न ‘नेपाल टेक रोडशो सिड्नी २०२५’ तथा ‘नेपाल टेक कनेक्ट सान फ्रान्सिस्को’ पछि यूएसए रोडशोले नेपालको अन्तर्राष्ट्रिय प्रविधि उपस्थितिलाई थप मजबुत बनाएको जनाएको छ। साथै, कार्यक्रमले सहकार्य, लगानी, आउटसोर्सिङ साझेदारी तथा डायस्पोरा सहभागिताका नयाँ अवसर सिर्जना गरेको आयोजकको दाबी छ।

    संस्थाका अनुसार यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरूले नेपाललाई केवल पर्यटन गन्तव्यका रूपमा मात्र नभई प्रविधि, नवप्रवर्तन र डिजिटल रूपान्तरणको उदीयमान केन्द्रका रूपमा विश्वसामु प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। अमेरिकाको डेक्सपट्र्स इंकको प्रमुख सहकार्यमा आयोजना भएको रोडशो कार्यक्रममा एशोशिएट पार्टनरको नेप्लिज अमेरिकन चेम्बर अफ कमर्स लगायत फोकस हेल्थ, फ्युजमेसिन्स, ग्लोबल आईएमई बैंक लगायतको सहकार्य रहेको थियो ।

    नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज नेपालको सफ्टवेयर तथा आईटी सेवा क्षेत्रको अग्रणी गैरनाफामूलक उद्योग संस्था हो। संस्थाले नीतिगत पैरवी, दक्ष जनशक्ति विकास, नवप्रवर्तन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय बजार विस्तारमार्फत नेपालको प्रविधि उद्योगको प्रतिस्पर्धात्मकता र विश्वव्यापी पहिचान विस्तार गर्ने कार्य गर्दै आएको छ।
    संस्थाको दीर्घकालीन लक्ष्य सहकार्य, उद्यमशीलता तथा डिजिटल रूपान्तरणमार्फत नेपाललाई विश्वस्तरीय प्रविधि केन्द्रका रूपमा स्थापित गर्नु रहेको छ।

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.