• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ६. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ७. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • ८. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • ९. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?


  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि वैशाख २ गतेदेखि निष्कासन गर्ने तय भएकोमा सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण निष्कासनमा एक दिन ढिलाई भएको हो ।

    Advertisement

    यस आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता बाँडफाँट भइसकेको छ भने बाँकीमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

    वित्तीय अवस्था र पूँजी संरचनाः सञ्चित नाफा ३३ करोड माथि

    यस कम्पनीको वित्तीय अवस्था बलियो देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत प्रतिवेदन अनुसार कम्पनी ३३ करोड ८० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । गत आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ १५ पैसा र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा रहेको थियो ।

    आईपीओ निष्कासन र बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुग्नेछ । जसमा संस्थापकको हिस्सा ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत हुनेछ । आईपीओबाट संकलित रकम कम्पनीले बैंकको ऋण तिर्न र नयाँ परियोजनाका साथै चालु पूँजी व्यवस्थापनमा खर्च गर्ने योजना बनाएको छ ।

    जोखिम र आवेदन प्रक्रिया

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ’केयरएनपी बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । त्यसैले लगानीकर्तालाई रेटिङ्गको विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिइएको छ ।

    लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ’मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यसको विक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ ।

    दोस्रो बजारमा ओपनिङ रेन्जः न्यूनतम ९२ रुपैयाँ १५ पैसा

    नेप्सेको नयाँ नियम (२०८२ फागुन १ देखि लागू) अनुसार, यदि कम्पनीको नेटवर्थ १०० रुपैयाँभन्दा कम छ भने सोही नेटवर्थलाई आधार मानेर पहिलो कारोबार मूल्य तोकिन्छ । सोपान फर्मास्युटिकल्सको पछिल्लो नेटवर्थ ९२ रुपैयाँ १५ पैसा रहेकाले नेप्सेले यसको पहिलो कारोबारका लागि न्यूनतम ९२ रुपैयाँ १५ पैसादेखि अधिकतम २७६ रुपैयाँ ४५ पैसा सम्मको मूल्य सीमा (ओपनिङ रेन्ज) तोक्ने देखिन्छ ।
    ललितपुरको महालक्ष्मीस्थानमा कार्यालय रहेको यस कम्पनीले २०७८ सालदेखि औषधी उत्पादन गर्दै आएको छ र हालसम्म १३९ प्रकारका औषधीको उत्पादन अनुमति प्राप्त गरिसकेको छ ।

    बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ
    बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस
    रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?
    पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
    म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    • ६.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भर्खरै

    • १.
      गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

    • २.
      बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

    • ५.
      म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

    • ६.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • ७.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ८.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.