• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ?

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ

उपसभामुखमा रास्वपाबाट धोका मिलेको ज्ञानेन्द्र शाहीको दुखेसोमा लामिछानेको मलमपट्टि

९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

  • ३. शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

  • ४. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ५. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ६. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ९. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • १०. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  •   शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
  • काठमाण्डौ। गैंडाटारका स्थानीयको आँखा ओभाएको छैन। हरेक वर्षातमा उनीहरूको मनमा एउटै त्रास हुन्छ— चाँदी नदी कसरी तर्ने? चन्द्रनिगाहपुरसँग जोड्ने लाइफलाइन मानिएको चाँदी नदीको पुल सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि अधुरै छ । ४६९ मिटर लामो यो पुल अहिले विकासको स्मारक होइन, राज्यको लाचारी र ठेकेदारको लापरबाहीको प्रतीक बनेको छ ।

    Advertisement

    २०७३ साल पुसमा पप्पु शिव शंकर जेभीले २५ करोड ३६ लाखभन्दा बढीको लागतमा निर्माण गर्ने गरी ठेक्का लियो। २०७६ असारसम्म काम सकिनुपर्ने थियो, तर आज २०८२ सालको संघारमा पुग्दा पनि ११ वटा स्पाम भएको यो पुल अपूरै छ । यो ९ वर्षको अवधिमा स्थानीयले विकासका नाममा पाए त केवल आश्वासन, म्याद थपको चिठी, र नदी तर्दा ज्यान गुमाउनुपरेको पीडा।

    कहिले कोरोनाको बहाना त कहिले आर्थिक अभावको राप। ठेकेदारले पटक–पटक म्याद थप गरायो, तर कार्यस्थलमा न मेसिन देखिन्छन्, न त कामदारको चहलपहल । पुल अलपत्र परेपछि स्थानीयले अनसनदेखि आन्दोलनसम्म गरे, तर उनीहरूको आवाज कसैले सुनेन। कयौँले बिरामी अवस्थामा अस्पताल पुग्न नपाएर यही नदीको तीरमा छटपटिँनु पर्यो । कति विद्यार्थी परीक्षा दिन जान नपाएको पिडामा रहेका ती परिवारको आँसु पुछ्ने कोही छैन।

    यसैबीच, जेनजी युवा अगुवा करण देवकोटाले अबको ढिलाइ सह्य नहुने चेतावनी दिएका छन्।
    उनले भने, ‘यो केवल सिमेन्ट र रडको संरचना होइन, यो हजारौँ मानिसको जीवन र सुरक्षाको सवाल हो। स्थानीय, प्रदेश र संघीय सरकारले यसलाई अब प्राथमिकतामा राख्नैपर्छ।’

    तत्कालीन मन्त्री देखि उच्च पदस्थ व्यक्तिले अनुगमन गरेर निर्देशन दिए पनि पुलको अवस्था जस्ताको तस्तै रहनुले हाम्रो प्रणालीमाथि प्रश्न उठाएको छ । कहिलेसम्म गैंडाटारवासीले एउटा पुलकै लागि ज्यानको बाजी लगाइरहनुपर्ने? के राज्यको कानसम्म यी पीडित जनताको चित्कार पुग्ला ?

    शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ?
    उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
    ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
    मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम
    मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ
    उपसभामुखमा रास्वपाबाट धोका मिलेको ज्ञानेन्द्र शाहीको दुखेसोमा लामिछानेको मलमपट्टि

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

    • ३.
      शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

    • ४.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ५.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ६.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    भर्खरै

    • १.
      पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ?

    • २.
      उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

    • ३.
      ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

    • ४.
      मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

    • ५.
      मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ

    • ६.
      उपसभामुखमा रास्वपाबाट धोका मिलेको ज्ञानेन्द्र शाहीको दुखेसोमा लामिछानेको मलमपट्टि

    • ७.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ८.
      स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.