१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो ।
उनीहरू अहिले परिसरको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।‘हामीले ७ जनालाई नियन्त्रणमा लिएर राखेका छौं, निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ भट्टराईले भने ।
प्रदर्शनकारीहरू माइतीघर पुगेर कोणसभा गरेका थिए ।

