• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ६. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ७. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

  • ८. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

तीन दशकको मौन समाजसेवाबाट संसद यात्राका लागि चुनावी दौडमा ‘मीना दिदी’


  •   सोमबार, माघ २६, २०८२ मा प्रकाशित
  • चितवन । प्रेमले भरिएको दृष्टि, पीडामा ढल्किने हृदय र अन्यायविरुद्ध नडराउने आवाज । यी गुणहरूको समष्टि व्यक्तित्व हुन् मीनाकुमारी खरेल । सादा जीवन, उच्च विचार र निरन्तर सेवाको दर्शनलाई व्यवहारमै उतार्दै आएकी खरेल तीन दशकभन्दा बढी समयदेखि चितवनको समाजसेवामा सक्रिय छिन् ।

    Advertisement

    महिला, बालबालिका, सीमान्तकृत र आवाजविहीन समुदायको अधिकार, संरक्षण र पुनर्स्थापनामा समर्पित उनको जीवन यात्रा अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत संसदसम्म पुग्ने मोडमा आइपुगेको छ । चितवनको माटोमा हुर्किएर यही समाजका आँसु, पीडा, विभेद र संघर्ष नजिकबाट देखेकी खरेलका लागि समाजसेवा कुनै अभियान वा राजनीतिक उचाइको भर्‍याङ थिएन ।

    यो त जीवनकै साधना बन्यो । घरेलु हिंसाबाट पीडित महिला, मानव बेचबिखनमा परेका किशोरी, सडकमा अलपत्र बालबालिका र न्याय नपाएका नागरिक । यी सबैका लागि उनी ‘नेता’भन्दा पहिले ‘दिदी’ बनिन् । फोटो र नाराभन्दा हात समाएर, आँसु पुछेर र आत्मसम्मान फर्काएर सेवा गरेकी उनी चितवनमा नाम होइन, अनुभूति बनेर चिनिन्छिन् – ‘मीना दिदी’।

    विद्यार्थी राजनीतिदेखि जनप्रतिनिधिसम्म
    मीना खरेलको राजनीतिक चेतना विद्यार्थी जीवनमै विकसित भएको हो । नेविसंघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा उनी ०४२ सालको सत्याग्रहपछिको विद्यार्थी आन्दोलनमा सक्रिय भइन् । विद्यार्थी शुल्क वृद्धि र शैक्षिक अन्यायविरुद्ध आवाज उठाउँदा नेपाल माध्यमिक विद्यालयमा भाषण गर्ने क्रममा उनी पक्राउसमेत परेकी थिइन् ।

    त्यसपछि नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको जिल्ला तहका विभिन्न जिम्मेवारी निर्वाह गर्दै उनी नेपाली कांग्रेस चितवनको पूर्व जिल्ला सदस्य भइन् । ०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर वडा नम्बर ५ बाट महिला वडा सदस्यमा निर्वाचित भई जनप्रतिनिधिका रूपमा काम गरिन् । हाल उनी नेपाली कांग्रेस चितवनको जिल्ला महासमिति सदस्यको जिम्मेवारीमा छिन् ।

    संस्थागत समाजसेवाको दीर्घ यात्रा

    ०४९ सालमा आदर्श नारी विकास केन्द्रको संस्थापक सचिव बनेसँगै खरेलको औपचारिक समाजसेवा यात्रा शुरू भयो । त्यतिबेला चितवनमा महिला संस्था अत्यन्तै सीमित थिए । महिलामाथि हुने दमन, शोषण, विभेद, घरेलु हिंसा र सामाजिक बहिष्करणविरुद्ध स्वयं महिलालाई संगठित गर्दै सशक्त बनाउने उद्देश्यका साथ उनले संस्थागत प्रयास अघि बढाइन् ।

    ०५२ सालमा महिला लघु ऋण परियोजनामार्फत ६ सयभन्दा बढी कमजोर आर्थिक अवस्था भएका महिलालाई समूहमा आबद्ध गराई बचत, आयआर्जन र आत्मनिर्भरतातर्फ उन्मुख गराइयो । महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म सामाजिक मुक्ति सम्भव हुँदैन भन्ने ठोस् बुझाइका साथ ०५५ सालमा आदर्श बचत तथा ऋण सहकारी संस्था स्थापना गरियो । आज यो सहकारी महिलाको नेतृत्वमै सञ्चालन हुँदै सयौँ परिवारको जीविकोपार्जनको आधार बनेको छ ।

    स्वास्थ्य, पुनर्स्थापना र संरक्षणमा केन्द्रित अभियान

    ०६१ सालमा खरेलको पहलमा आदर्श नारी क्लिनिक तथा स्वास्थ्य परामर्श केन्द्र स्थापना भयो । यहाँ महिला स्वास्थ्य, क्षयरोग नियन्त्रण, प्रजनन् स्वास्थ्य तथा पछि सुरक्षित गर्भपतनसम्बन्धी सेवासमेत उपलब्ध गराइयो, जसले अनियोजित गर्भका कारण हुने जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

    त्यही वर्ष सडक बालबालिकाको जोखिमपूर्ण जीवनप्रति ध्यान दिँदै ‘हाम्रो घर’ नामक सडक बालबालिका पुनर्स्थापना केन्द्र स्थापना गरियो । हालसम्म करिब ६० जना बालबालिकाको संरक्षण, शिक्षा र पारिवारिक पुनर्मिलन गराइसकिएको छ भने केही बालबालिका आज आत्मनिर्भर नागरिकका रूपमा स्थापित भएका छन् ।

    ०६६ साल वैशाख १ गते घरेलु हिंसा, लैङ्गिक हिंसा र मानव बेचबिखनबाट प्रभावित महिला तथा उनीहरूका आश्रित बालबालिकाका लागि असहाय महिला तथा बालबालिका पुनर्स्थापना केन्द्र ‘आदर्श गृह’ स्थापना गरियो । उद्धार, मनोसामाजिक परामर्श, कानूनी सहायता, सीप विकास, आयआर्जन र पारिवारिक वा सामाजिक पुनर्मिलनमार्फत हालसम्म एक हजार १८३ भन्दा बढी महिला तथा बालबालिकालाई पुनःस्थापित गराइसकिएको छ । हाल पनि थुप्रै महिला तथा बालबालिका संस्थाको संरक्षणमा छन् ।

    राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान
    मीना खरेलको काम स्थानीय सीमामा सीमित रहेन । महिला तथा बालबालिकाको अधिकार र संरक्षणमा पुर्‍याएको योगदानका कारण उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिइन् ।

    कोरियाबाट अन्तर्राष्ट्रिय पिस अवार्ड, नेदरल्याण्ड्सको दिदी फाउन्डेसन अवार्ड, अस्ट्रेलियाको चितवन समाज भिक्टोरिया सम्मानसहित नेपाल सरकार, प्रधानमन्त्री, महिला तथा बालबालिका मन्त्रालय, प्रहरी प्रधान कार्यालय र विभिन्न प्रतिष्ठानबाट दर्जनौँ सम्मान तथा प्रशंसा प्राप्त छन् । मानव बेचबिखन नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण, सामुदायिक मेलमिलाप र महिला नेतृत्व विकासमा योगदानका कारण उनी देशका ६० भन्दा बढी जिल्लामा सामाजिक अभियन्ताका रूपमा परिचित छिन् ।

    संसदमा पुगेर सेवा संस्थागत गर्ने अठोट

    चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी उम्मेदवार खरेल भन्छिन्, “मैले चितवनको समाजका लागि गरेको काम यहाँका नागरिकले नजिकबाट देख्नुभएको छ । अब त्यो अनुभव संसदमा पुर्‍याएर नीति र कानूनमा रूपान्तरण गर्न चाहन्छु ।”

    उनका अनुसार जनतामुखी विकास, महिला तथा बालबालिकाको अधिकार, सामाजिक न्याय, मानव बेचबिखन नियन्त्रण, स्थानीय तहसँग प्रभावकारी समन्वय र सेवामूलक राज्य संरचना उनका मुख्य एजेन्डा हुन् । “वाचा गर्नुपर्दैन, इतिहास छ । मैले राजनीति सिकेकी होइन, जीवनबाट राजनीति बुझेकी हुँ,” खरेल भन्छिन् ।

    दुई सोचको प्रतिस्पर्धा

    चितवन २ मा खरेलको उम्मेदवारीलाई विश्लेषकहरूले दुई फरक राजनीतिक सोच बीचको प्रतिस्पर्धाका रूपमा हेरेका छन् – एकातिर प्रचारमुखी, व्यक्तिकेन्द्रित र भाषणप्रधान राजनीति, अर्कोतिर तीन दशकको मौन तर प्रभावकारी समाजसेवा । चर्चित प्रतिस्पर्धीबीच पनि खरेल जनअनुभूति, विश्वास र निरन्तरताको शक्तिलाई आफ्नो मुख्य आधार मान्दै अघि बढिरहेकी छिन् ।

    तीन दशकदेखि समाजसेवामा अनवरत मीना खरेलका लागि यो निर्वाचन पदको दौड मात्र होइन, समाजका पीडा संसदसम्म पुर्‍याउने यात्राको अर्को निर्णायक चरण हो ।

    सोमबार, माघ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
    बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो
    सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु
    शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
    अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल
    प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

    भर्खरै

    • १.
      बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

    • २.
      बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

    • ३.
      सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

    • ४.
      शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

    • ५.
      अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

    • ६.
      प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    • ७.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ८.
      प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.