• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, मङि्सर २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

“नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

“गौर हत्याकाण्ड: सर्वोच्चको कडाकेदार आदेश—उपेन्द्र यादवसहित शीर्ष नेतामाथि घेरा कसिँदै”

राप्रपा र राप्रपा नेपाल फेरि एउटै छातामुनि? एकता छलफल अन्तिम चरणमा

“फोहोरमै रूपान्तरण: गोदावरी नगरपालिका देशकै नमुना, स्थानीयको जीवनशैलीमा नयाँ चमक”

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

  • २. सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

  • ३. चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै,कसले मार्ला त् बाजी?

  • ४. रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

  • ५. मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

  • ६. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ७. पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • ८. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ९. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • १०. सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, छिट्टै पुनर्निर्माण गर्न सुझाव

‘बुढो भयो’ भन्नेलाई प्रचण्डको चुनौती- मसँग दौडिने कोही छ ?


  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो उमेर र सक्रियतामाथि प्रश्न उठाउनेलाई कडा चुनौती दिएका छन् । सोमबार विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू युवाहरूसँग प्रतिस्पर्धा गर्न शारीरिक र मानसिक रूपमा पूर्ण तयार रहेको दाबी गरेका हुन् ।

    Advertisement

    आफ्नो सम्बोधनको अन्त्यमा प्रचण्डले भने, ‘मसँग दौडिने कोही छ ? मर्निङ वाक कति गर्ने हो, म तयार छु । हेभी एक्सर्साइज कति गर्ने हो, म युवाहरूसँग गर्न चाहेको छु ।’उनले आफूलाई बुढो भयो भनेर टिप्पणी गर्नेलाई ‘भुईंफुट्टा, इतिहासविहीन र विचारविहीन’को संज्ञा दिए । प्रचण्डले १६ वटा पार्टी मिलेर बनेको नयाँ कम्युनिस्ट शक्तिले नै अब मुलुकमा वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारीको नेतृत्व गर्ने दाबी समेत गरे ।

    प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अब सेना र प्रहरीको भर मात्र पर्न नहुने बताए । विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न ३ करोड नेपाली जनताकै ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने उनको भनाइ छ ।

    ‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ,’ प्रचण्डले भने, ‘अहिले तत्काल ठूला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’

    सम्बोधनका क्रममा प्रचण्डले भदौ २४ गते ऐतिहासिक धरोहरहरू जलेर ध्वस्त भएको घटनालाई ‘असाधारण संकट’को संज्ञा दिए । उनले त्यसबेला देश झन्डै दुई दिनसम्म राज्यविहीनताको अवस्थामा पुगेको र राजा फर्किने वा सेनाले सत्ता लिने जस्तो सन्त्रास फैलिएको स्मरण गरे ।

    ‘त्यो विध्‍वंस र षड्यन्त्रले नेपाल असाधारण संकटमा गयो । त्यसको साक्षी म र माधवकुमार नेपाल थियौं,’ उनले थपे, ‘अहिले पनि राष्ट्र संकटमुक्त भइसकेको छैन ।’

    युवा पुस्ताको विद्रोहले आफूहरूलाई आत्मसमीक्षा गर्न र गल्ती महसुस गर्न बाध्य बनाएको उनको भनाइ थियो ।

    ‘विचार बुढो र तन्नेरी हुँदैन । हामी धेरै पछि परिसकेका छौं, अब छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्छ,’ प्रचण्डले भने, ‘सबै आफैंले जानेजस्तो नगरौं । अहिले जेनजीहरूले हाम्रो अभिभावक नेपाली कम्युनिस्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन् ।’

    प्रचण्डले वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी पनि दिए । चुनावको म्यान्डेट पाइसकेको सरकारले दीर्घकालीन असर पर्ने सन्धि सम्झौता गर्न नहुने उनको भनाइ छ ।

    ‘यो सरकारका मन्त्रीहरूले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरीत हुन्छ,’ प्रचण्डले भने, ‘हामी चुनावमा होमिइसक्यौं । सरकारले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाओस् ।’

    मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि
    डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ
    कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी
    कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा
    मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर
    “नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

    Facebook Page

    लोकप्रिय

    • १.
      सुदूरपश्चिमविरूद्ध विराटनगरले टस जित्यो

    • २.
      सरकारप्रति असन्तुस्ट बनेको राप्रपाले फेरी सडक आन्दोलन मच्चाउने

    • ३.
      चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै,कसले मार्ला त् बाजी?

    • ४.
      रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

    • ५.
      मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

    • ६.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    भर्खरै

    • १.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • २.
      डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

    • ३.
      कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      मधेशका पूर्वमुख्यमन्त्रीले गरेको सम्पूर्ण सरुवा र जिम्मेवारी हेरफेरका निर्णयहरु बदर

    • ६.
      “नाबालिका बलात्कार अभियोगले एमाले हल्लियो—नेता पक्राउ, केस चर्किँदै”

    • ७.
      “गौर हत्याकाण्ड: सर्वोच्चको कडाकेदार आदेश—उपेन्द्र यादवसहित शीर्ष नेतामाथि घेरा कसिँदै”

    • ८.
      राप्रपा र राप्रपा नेपाल फेरि एउटै छातामुनि? एकता छलफल अन्तिम चरणमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.