• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

१२ वटा समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

लोकप्रिय समाचार

  • १. नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

  • २. बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

  • ३. सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

  • ४. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ५. सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

  • ६. पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

  • ७. ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न,२२ एमएमको ढुंगा निकालियो

  • ८. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ९. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • १०. यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

‘बुढो भयो’ भन्नेलाई प्रचण्डको चुनौती- मसँग दौडिने कोही छ ?


  •   मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो उमेर र सक्रियतामाथि प्रश्न उठाउनेलाई कडा चुनौती दिएका छन् । सोमबार विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू युवाहरूसँग प्रतिस्पर्धा गर्न शारीरिक र मानसिक रूपमा पूर्ण तयार रहेको दाबी गरेका हुन् ।

    Advertisement

    आफ्नो सम्बोधनको अन्त्यमा प्रचण्डले भने, ‘मसँग दौडिने कोही छ ? मर्निङ वाक कति गर्ने हो, म तयार छु । हेभी एक्सर्साइज कति गर्ने हो, म युवाहरूसँग गर्न चाहेको छु ।’उनले आफूलाई बुढो भयो भनेर टिप्पणी गर्नेलाई ‘भुईंफुट्टा, इतिहासविहीन र विचारविहीन’को संज्ञा दिए । प्रचण्डले १६ वटा पार्टी मिलेर बनेको नयाँ कम्युनिस्ट शक्तिले नै अब मुलुकमा वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारीको नेतृत्व गर्ने दाबी समेत गरे ।

    प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अब सेना र प्रहरीको भर मात्र पर्न नहुने बताए । विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न ३ करोड नेपाली जनताकै ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने उनको भनाइ छ ।

    ‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ,’ प्रचण्डले भने, ‘अहिले तत्काल ठूला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’

    सम्बोधनका क्रममा प्रचण्डले भदौ २४ गते ऐतिहासिक धरोहरहरू जलेर ध्वस्त भएको घटनालाई ‘असाधारण संकट’को संज्ञा दिए । उनले त्यसबेला देश झन्डै दुई दिनसम्म राज्यविहीनताको अवस्थामा पुगेको र राजा फर्किने वा सेनाले सत्ता लिने जस्तो सन्त्रास फैलिएको स्मरण गरे ।

    ‘त्यो विध्‍वंस र षड्यन्त्रले नेपाल असाधारण संकटमा गयो । त्यसको साक्षी म र माधवकुमार नेपाल थियौं,’ उनले थपे, ‘अहिले पनि राष्ट्र संकटमुक्त भइसकेको छैन ।’

    युवा पुस्ताको विद्रोहले आफूहरूलाई आत्मसमीक्षा गर्न र गल्ती महसुस गर्न बाध्य बनाएको उनको भनाइ थियो ।

    ‘विचार बुढो र तन्नेरी हुँदैन । हामी धेरै पछि परिसकेका छौं, अब छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्छ,’ प्रचण्डले भने, ‘सबै आफैंले जानेजस्तो नगरौं । अहिले जेनजीहरूले हाम्रो अभिभावक नेपाली कम्युनिस्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन् ।’

    प्रचण्डले वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी पनि दिए । चुनावको म्यान्डेट पाइसकेको सरकारले दीर्घकालीन असर पर्ने सन्धि सम्झौता गर्न नहुने उनको भनाइ छ ।

    ‘यो सरकारका मन्त्रीहरूले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरीत हुन्छ,’ प्रचण्डले भने, ‘हामी चुनावमा होमिइसक्यौं । सरकारले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाओस् ।’

    मङ्गलबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
    बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो
    सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु
    शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
    अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल
    प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    Facebook Page

    लोकप्रिय

    • १.
      नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं।

    • २.
      बाग्मतीका सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाह

    • ३.
      सुदुरपश्चिममा मनाइने बिषु पर्वको रौनक,प्रदेशबाट घरदेश फर्किनेहरुको ताँती

    • ४.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ५.
      सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता

    • ६.
      पूर्वमन्त्री गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

    भर्खरै

    • १.
      बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

    • २.
      बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर : वर्षौँदेखि रोकिएको प्रशासनिक भवन निर्माणको बाटो खुल्यो

    • ३.
      सभापति चयन भएपछि खड्का भन्छन् : आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु

    • ४.
      शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

    • ५.
      अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

    • ६.
      प्रदर्शनको तयारीमा ‘लालीबजार’, वादीको भूमिकामा स्वस्तिमा

    • ७.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ८.
      प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले लिए पद तथा गोपनियताको सपथ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.