• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ७. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • ८. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • ९. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • १०. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

निर्माणाधीन संसद भवनको निरीक्षण निर्माणमा ढिलासुस्ती भए कारबाही गर्ने घिसिङको चेतावनी !


  •   बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
  • काठमाडौं, १० मंसिर २०८२ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिनुभएको थियो ।

    Advertisement

    आगामी फागुन २१को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई निर्देशन दिनुभएको थियो ।

    तर, बुधबार भएको आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिएको बताउनुभयो । उहाँले तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।

    त्यस्तै, घिसिङले नियमित सुपरीवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने बताउनुभयो । संसद भवन निर्माण एकदमै महत्वपूर्ण भएकाले आगामी चैत अगाडि नै निर्माण सम्पन्न हुनु पर्ने उल्लेख गर्दै मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरवाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी दिनुभयो ।

    संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदैछ । आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ ।

    इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८०मा अर्को ठेक्का सम्झौता भएको थियो । यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ । यसअघि ८ कात्तिकमा स्थलगत अनुगमन गरी निर्माण भइरहेको भवनहरुमध्ये सबैभन्दा ठूलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गर्नुभएको थियो ।

    धेरै मेहनत नगरिएमा तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेकाले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिंदै उहाँले निर्माण कार्यको आफैंलेसमेत नियमित अनुमगन गर्ने बताउनुभएको थियो ।

    बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ
    बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस
    रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?
    पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
    म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    भर्खरै

    • १.
      गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

    • २.
      बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

    • ५.
      म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

    • ६.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • ७.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ८.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.