प्रधानमन्त्री विरुद्द नारावाजी गरेको आरोपमा पक्राउ परि जेल चलान गरिएका युवाहरुको रिहाई भएको छ । सोलुखुम्बुका २३ वर्षका उद्दव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मङ्गलबार ५ हजार धरौटि तिरेर जेलमुक्त भएका हुन । काठमाडौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उनिहरु विरुद्दको अभद्र मुद्दामा आईतवार ५ हजार रुपैँया धरौटी तोकेका थिय । तर उनिहरुले धरौटि नबुझाए पछि कारागार पठाईएको थियो ।
उनिहरुले गत हप्ता प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहभागि कार्यक्रममा बैँङ्को व्याजदर घटाउन माग गर्दै प्रधानमन्त्री विरुद्द नाराबाजि गरेका थिय । नाराबाजि गरेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । त्यसक्रममै प्रहरीले उनिहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो । जसको चौतर्फी आलोचना भएको थियो ।