मिटर व्याजिहरु आफ्नो समस्या समाधानको माग राख्दै आन्दोलनमा उत्रिएका पिडितहरुलाई भेट्न माईतिघर पुगेका ज्ञानेन्द्र शाहिलाई धर्नामा रहेका पिडितहरुले फर्काईदिएका छन् । राजतन्त्रवादि विचार लिएर हिडेको व्यक्ति ले आफ्नो समस्याको सम्वोधन गर्न नसक्ने भन्दै शाहीलाई पिडित आन्दोलन कर्ताले नाराबाजि गर्दै फर्काईदिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रमुख सचेतक माननीय ज्ञानेन्द्र शाहिले उनिहरुको मागमा समर्थन जनाए पनि आफुहरुका समस्यामा राजनितिकरण नगर्न मिटरब्याजि पिडितहरुले माग गरेका छन् । त्यहि क्रममा संचारकर्मीहरु संग कुरा गर्दै ज्ञानेन्द्र शाहीले आफ्नो उपस्थितको बिरोध भन्दा पनि बिदितालाई न्याय नमिलोस भन्ने किसिमका मानिसहरु हुन् भन्ने जस्ता आरोप ज्ञानेन्द्र शाहीले लगाउनु भएको छ संघिय सांसदको रुपमा आफु पिडितहरुको आवाज बुलन्द पार्न कुनै पनि हालतमा पछि नहट्ने बताउनु भएको छ।
१२ दिन लामो पैदल यात्रा गरेर सोमबार काठमाडौ आईपुगेका पिडितहरुले खुल्ला मञ्च अगाडि प्रदर्शन सुरु गरेका थिय । उनिहरुले मिटरब्याजिलाई कारबाहि गर पिडितलाई न्याय दे तमसुक ब्यवस्था खारेज गर जस्ता प्ले कार्ड बोकेर विरोद प्रदर्शनमा लागिरहेका छन् ।