ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा रानि पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । विहान ६ बजे देखि बेलुका ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहने बाठमाडौँ महानगरपालिकाले बताएको छ । शान्ति सुरक्षा र वातावरणमा असर नपरे वर्षै भरि रानि पोखरी खुला रहने भएको हो । अवलोकन र घुमफिरका लागि कुनै शुल्क लाग्ने छैन । रानि पोखरी यस अघि भाईटिकाको दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गरेको थियो ।
कान्तिपुरका तात्कालिन राजा प्रताप मल्लले रानि पोखरीको निर्माण गर्न लाएका थिय । २०७२ को भुकम्पले छेदविच्छेद बनाएको रानि पोखरी पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको छ । तात्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७८ को पुसमा महानगरलाई हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि भने खुला गरिएको थियन । अहिले खुला भएपछि मानिसहरुको चहलपहल बढ्न थालेको छ । रानि पोखरी खुले सँगै सर्वसाधारण हर्षित बनेका छन् ।
सर्वसाधारणका लागि रानि पोखरि खुला चहलपहल बढ्दो
सर्वसाधारणका लागि रानि पोखरि खुला चहलपहल बढ्दो

तपाईको प्रतिक्रिया