• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

कांग्रेसद्वारा प्रदेश तहमा संविधान संशोधनको एजेन्डामा छलफल, विश्वस्त छैनन् विपक्षी दल


  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइराला संविधान संशोधन नेपालका लागि अपरिहार्य रहेको तर्क गर्छन् । तर उनलाई धर्म निरपेक्षतामा चित्त बुझेको छैन । पोखरामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले भने, ‘निरपेक्षता नकारात्मक शब्द हो । धर्म भनेको स्वतन्त्र हुन्छ । कांग्रेसको चार तारामा एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो । हामीले किन निरपेक्ष बनाएको ?’

    Advertisement

    उनी मात्र होइन, संविधानमा चित्त नबुझाउनेहरू धेरै छन् । उनीहरूका आ–आफ्नै तर्क छन् । यही पृष्ठभूमिमा नेपाली कांग्रेसले यतिबेला संविधान संशोधनको एजेन्डामा समेत प्रदेशस्तरमा प्रशिक्षणको नाममा छलफल गरिरहेको हो । संविधानमा लेखिएको गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशिता र संघीयतालगायत मूलभूत विषयलाई नचलाई बाँकी बुँदा फेर्नेगरी कांग्रेस कस्सिएको हो ।

    एक्लै प्रदेश झरे पनि संविधान संशोधन कांग्रेस एक्लैको एजेन्डा भने होइन । एमालेसँग सत्ता साझेदारी गर्दा बखत दुवै दलले संविधान संशोधनलाई सहमतिको विन्दु मानेका छन् । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘२०८७’ अघि संशोधन नहुने बताइसकेका छन् । ‘प्रधानमन्त्रीज्यूले संविधान संशोधन २०८७ पछि हुन्छ भन्नुभयो । त्यसमा हाम्रो विरोध छ,’ कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन्, ‘संविधान संशोधन गर्ने भनेर सरकार बनाएपछि संशोधन पनि गरिनुपर्छ । कांग्रेसले त्यसको तयारी थालेको छ ।’

    यसबारेमा अधिवक्ता हरिप्रसाद उपाध्याय सात बुँदे सहमतिको पूर्ण कार्यान्वयनमा कांग्रेसले दबाब सिर्जना गर्नुपर्ने सुझाव दिन्छन् । उनको विचारमा निर्वाचन प्रणालीमा सुधार गरिनुपर्छ । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था संविधानमार्फत लेखेरै जानुपर्छ,’ उनले रातोपाटीसँग भने, ‘जिल्ला समन्वय समितिको आवश्यकता छैन । खारेज गरे हुन्छ ।’

    अर्का अधिवक्ता दयाराम गौतम शासकीय स्वरूपमाथि नै पुनर्विचारको प्रस्ताव गरे । उनले संविधानका अनुसूचीहरूमा हेरफेर हुनुपर्ने सुझाव दिए । ‘अनुसूचीमा अधिकारका व्यवस्था छन् । तर कुन अधिकार कसलाई दिने पुनरावलोकन गर्नुपर्छ,’ उनले भने ।

    अधिवक्ता शिव रेग्मीचाहिँ प्रदेशका अधिकार स्थानीय तहलाई थमाएर प्रदेश संरचना हटाउनुपर्ने तर्क गर्छन् । संविधानविद् राधेश्याम अधिकारीले कांग्रेस एक्लैको जोडले संविधान संशोधन सम्भव नभएकोले साझा संरचना बनाएर एकीकृत छलफल चलाउनुपर्ने बताए । ‘कुनै एउटा पार्टीले भनेर मात्रै संशोधन सम्भव छैन । यसरी पार्टीगत छलफल चलाउनुभन्दा एउटा साझा कार्यदल बनाएर काम गर्दा उपयुक्त हुन्छ,’ उनले भने, ‘तर सुझबुझका साथ काम गर्नुपर्छ । अन्यथा धेरै चुनौती थपिन्छन् ।’

    कांग्रेसकै प्रशिक्षण कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संशोधनभन्दा कार्यान्वयनमै जोड दिनुपर्ने तर्क गर्छन् । ‘पहिला भइरहेको संविधानको पूर्ण कार्यान्वयन गरौँ । संघ सरकारसँग जुन केन्द्रीकृत मानसिकता छ, संघीयतापछि पनि त्यो फेरिएको छैन । भोलि संशोधनपछि पनि मानसिकता फेरिएन भने, पटक–पटक गर्ने संशोधनको पनि औचित्य र उपादेयता हुँदैन,’ उनले भने । धेरै महत्वकांक्षी भएर संशोधनमा हामफाल्दा अस्थिरता बढ्नेमा उनको चिन्ता छ ।

    मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.