• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

सरकारले यस वर्ष पनि भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी


  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
  • काठमाडौं – यस वर्ष पनि सरकारले लाखौं कर्मचारीहरूबाट सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न नसक्ने देखिएको छ । सरकारले हरेक वर्ष भाद्र २२ गते निजामती सेवा दिवस विभिन्न कार्यक्रमहरूका साथ मनाउने गर्छ, जसमा ४१ जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने परम्परा छ ।

    Advertisement

    दिवसको अवसरमा एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिन्छ । यद्यपि, पछिल्ला दश वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सरकार असफल हुँदै आएको छ । यो वर्ष पनि त्यस्तै हुने सङ्केत देखिएको छ ।

    जनताको करबाट तलबभत्ता खाने कर्मचारीहरूको कार्यसम्पादन प्रति पनि प्रश्न उठिरहेको छ । सरकारले विगतमा दुई लाख रुपैयाँ राशिसहित एक जनालाई सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गर्ने गर्थ्यो । तर, विगतमा उक्त पुरस्कार विवादमा परेपछि यो परम्परा रोकिएको छ ।

    उदाहरणका लागि, पूर्व सहसचिव सूर्य गौतमलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्दा, लोकसेवा आयोगमा विज्ञ भएको बेला आफ्नी श्रीमतीलाई उत्तीर्ण गराएको आरोप लागेपछि पुरस्कार विवादास्पद बनेको थियो । त्यसपछि सर्वोत्कृष्ट पुरस्कार वितरण रोकिएको हो ।

    यस वर्षका लागि विभिन्न मन्त्रालय र संघीय कार्यालयहरूले जम्मा १६२ कर्मचारीको नाम पुरस्कारका लागि सिफारिस गरेका छन् । मुख्य सचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, सरकारले तोकेका अन्य दुई सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्यका रूपमा रहनेछन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६२ सिफारिसहरू मध्येबाट ४० जनाको नाम छनोट गरी सरकारलाई सिफारिस गर्नेछ । निजामती सेवा पुरस्कार सम्बन्धी मापदण्ड स्पष्ट रुपमा ऐन र नियमावलीमा उल्लेख गरिएको छ ।

    मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले सो मापदण्डका आधारमा छनोट गरेर निर्णय मन्त्रिपरिषद्मा पेस गर्नेछ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूको अन्तिम निर्णय गर्नेछ ।

    यद्यपि, यस वर्ष पनि दुई लाख रुपैयाँको सर्वोत्कृष्ट निजामती पुरस्कार प्रदान नहुने बताइएको छ । यो पुरस्कार विगतमा काठमाडौं र सिंहदरबार केन्द्रित कर्मचारीहरूलाई मात्र प्रदान गरिएकाले बदनाम पनि बनेको छ ।

    शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.