• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, भदौ ३१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सरकारले जेनजी स्मारक पार्क बनाउने

मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

आज तीन मन्त्रीको शपथको तयारी !

प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

लोकप्रिय समाचार

  • १. संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

  • २. प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

  • ३. प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

  • ४. जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

  • ५. राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

  • ६. सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

  • ७. कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

  • ८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ९. विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

  • १०. हिल्टन होटलमा आगजनी

सरकारले यस वर्ष पनि भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी


  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
  • काठमाडौं – यस वर्ष पनि सरकारले लाखौं कर्मचारीहरूबाट सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न नसक्ने देखिएको छ । सरकारले हरेक वर्ष भाद्र २२ गते निजामती सेवा दिवस विभिन्न कार्यक्रमहरूका साथ मनाउने गर्छ, जसमा ४१ जना निजामती कर्मचारीलाई पुरस्कृत गर्ने परम्परा छ ।

    Advertisement

    दिवसको अवसरमा एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिन्छ । यद्यपि, पछिल्ला दश वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सरकार असफल हुँदै आएको छ । यो वर्ष पनि त्यस्तै हुने सङ्केत देखिएको छ ।

    जनताको करबाट तलबभत्ता खाने कर्मचारीहरूको कार्यसम्पादन प्रति पनि प्रश्न उठिरहेको छ । सरकारले विगतमा दुई लाख रुपैयाँ राशिसहित एक जनालाई सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गर्ने गर्थ्यो । तर, विगतमा उक्त पुरस्कार विवादमा परेपछि यो परम्परा रोकिएको छ ।

    उदाहरणका लागि, पूर्व सहसचिव सूर्य गौतमलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्दा, लोकसेवा आयोगमा विज्ञ भएको बेला आफ्नी श्रीमतीलाई उत्तीर्ण गराएको आरोप लागेपछि पुरस्कार विवादास्पद बनेको थियो । त्यसपछि सर्वोत्कृष्ट पुरस्कार वितरण रोकिएको हो ।

    यस वर्षका लागि विभिन्न मन्त्रालय र संघीय कार्यालयहरूले जम्मा १६२ कर्मचारीको नाम पुरस्कारका लागि सिफारिस गरेका छन् । मुख्य सचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, सरकारले तोकेका अन्य दुई सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्यका रूपमा रहनेछन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६२ सिफारिसहरू मध्येबाट ४० जनाको नाम छनोट गरी सरकारलाई सिफारिस गर्नेछ । निजामती सेवा पुरस्कार सम्बन्धी मापदण्ड स्पष्ट रुपमा ऐन र नियमावलीमा उल्लेख गरिएको छ ।

    मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले सो मापदण्डका आधारमा छनोट गरेर निर्णय मन्त्रिपरिषद्मा पेस गर्नेछ । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूको अन्तिम निर्णय गर्नेछ ।

    यद्यपि, यस वर्ष पनि दुई लाख रुपैयाँको सर्वोत्कृष्ट निजामती पुरस्कार प्रदान नहुने बताइएको छ । यो पुरस्कार विगतमा काठमाडौं र सिंहदरबार केन्द्रित कर्मचारीहरूलाई मात्र प्रदान गरिएकाले बदनाम पनि बनेको छ ।

    शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी
    आज तीन मन्त्रीको शपथको तयारी !
    प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !
    सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !
    विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !
    प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    Facebook Page

    लोकप्रिय

    • १.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • २.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • ३.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ४.
      जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

    • ५.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ६.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    भर्खरै

    • १.
      सरकारले जेनजी स्मारक पार्क बनाउने

    • २.
      मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

    • ३.
      आज तीन मन्त्रीको शपथको तयारी !

    • ४.
      प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ !

    • ५.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    • ६.
      कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

    • ७.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ८.
      विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.