• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ७. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ८. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

अब बुढीगण्डकी र पश्चिम सेती जनविद्युत आयोजनाको काम अघि बढाउने प्रधानमन्त्रीको बचन


  •   शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
  • काठमाडौँ: सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ।

    Advertisement

    ऊर्जा सुरक्षाका लागि समेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ।

    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०/१३२ केभी नयाँ खिम्ती सबस्टेशनको ‘समुद्घाटन तथा प्रशंसापत्र वितरण समारोह’लाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला जलाशयुक्त आयोजनाको विकासमा सरकार लागिपर्ने बताए।

    देउवाले बुढीगण्डकी र पश्चिम सेती जलाशयुक्त आयोजनाको नामै लिएर ती आयोजना अगाडि बढाउने उल्लेख गरे। लामो समयदेखि प्रक्रियामा रहेका ती आयोजनाको ठोस काम अगाडि बढ्न सकेको छैन। कूल एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलायशुक्त आयोजनालाई मूर्त रुप दिने तयारीमा सरकार लागिपरेको छ।

    यस्तै, ७५० क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको कामसमेत प्रभावकारी हुन नसकिरहेको बेला प्रधानमन्त्रीले नै ती आयोजना अगाडि बढाउने बताएका हुन्।

    ऊर्जा सुरक्षाका लागि ती आयोजना महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो। सुक्खायाममा जलाशयुक्त आयोजनाको भूमिका महत्वपूर्ण रहने र आर्थिक रुपमा पनि देशलाई फाइदा पुग्ने उल्लेख गर्दै उनले स्वच्छ र हरित ऊर्जाका लागि पनि ठूला र जलाशयुक्त आयोजना जरुरी रहेको र त्यसका लागि सरकारले गृहकार्य गरिरहेको बताए।

    ‘जैविक इन्धनबाट विद्युत् निकाल्ने काम बन्द हुने भएकाले जलाशययुक्त आयोजना महत्वपूर्ण छ भन्ने बुझाउन जरुरी छ,’ प्रधानमन्त्रीले भने, ‘पेट्रोल र डिजलबाट हामी मुक्त हुनुपर्छ। बिजुलीबाट नै काम गर्नुपर्छ।’

    प्रधानमन्त्री देउवाले अझै पनि झोलामा खोला राखेको र काम नभएको भन्ने आफूले सुनेको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।

    पिपिएको प्रक्रिया अगााडि बढ्छ

    लामो समयदेखि अगाडि बढ्न नसकेको विद्युत् खरिद सम्झौता (पिपिए)का सन्दर्भमा पनि प्रधानमन्त्रीले उचित निर्णय लिइने स्पष्ट पारे। ‘पिपिएको प्रक्रिया अगाडि बढाउनका लागि सरकार तयार छ। बिजुली लिन सक्ने क्षमताअनुसार नै अगाडि बढाउनुपर्छ,’ उनले भने।

    पिपिए हुन नसकेका कारण आयोजना निर्माणमा व्यवधान पैदा भएको ऊर्जा उद्यमीको भनाइ रहँदै आएको छ।

    प्रधानमन्त्री देउवाले नेपालको आफ्नै लगानी र मिहिनेतले बनेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् आपूर्तिमा ठूलो योगदान पु¥याएको भन्दै सम्बन्धित कर्मचारी, निर्माण व्यवसायी सबैलाई धन्यवाद दिए।

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीले हालसम्म एक अर्ब युनिट बिजुली प्रवाह गरेको छ। कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असारमा उद्घाटन गरिएको थियो। प्रधानमन्त्रीले परियोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अन्य परियोजनामा समेत ज्ञान तथा सीपको उपयोग गर्न आग्रह गरे।

    मधेस प्रदेशबाहेक सबैमा जलाशयुक्त आयोजना : ऊर्जामन्त्री

    सो अवगसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि ऊर्जा सुरक्षाका लागि जलाशयुक्त आयोजनाको विकास गर्नुपर्नेमा जोड दिइन्।

    उनले जलाशयुक्त आयोजनाको विकासका लागि सरकारले गृहकार्य गरिरहेको र केही समयभित्रै नतिजा प्राप्त हुने बताइन्। सन्तुलित गुणस्तरीय भरपर्दो बिजुली र ऊर्जा सुरक्षाका लागि जलाशयुक्त आयोजना नै देशका लागि जरुरी रहेको उनको भनाइ छ।

    मन्त्री भुसालले मधेस प्रदेश बाहेकका सबै प्रदेशमा ठूला जलाशयुक्त आयोजना निर्माण गर्ने गरी तयारी भइरहेको जानकारी दिइन्। व्यापार घाटा कम गर्न पनि नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको र त्यसका लागि सरकार लागिपरेको मन्त्री भुसालको भनाइ थियो।

    झोलामा खोला राख्ने प्रवृत्तिलाई कानुनी तवरबाट नै सम्बोधन गर्नुपर्ने उनले बताइन्। भुसालले विद्युत् व्यापारका लागि सकारात्मक वातावरण बनेको बताइन्।

    ऊर्जा सचिव देवेन्द्र कार्कीले स्थानीयवासीको केही गुनासो भए सम्बोधन गर्नुपर्ने र त्यसका लागि सरकार तयार रहेको बताए। सांसद जीपछिरिङ लामाले जनतालाई सेवा दिने गरी नीति तय गरी आयोजना अगाडि बढाउनुपर्ने धारणा राखे। पूर्वमन्त्री पार्वत गुरुङले नेपाल चीन जोड्ने सडक निर्माणको प्रक्रिया अगाडि बढाउन र जनतासँग जोडिएका भौतिक पूर्वाधारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

    बागमती प्रदेशका सामाजिक विकासमन्त्री विशाल खड्काले जनयुद्धको समयमा माओवादीका तर्फबाट साथ र सहयोग पाएको आयोजनाले दोलखाली जनतालाई समेत फाइदा पुग्नुपर्नेमा जोड दिए।

    जनताको लगानीमा नै ठूला आयोजना : घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको लगानीमा नै ठूलाठूला परियोजना अगाडि बढाउने तयारीमा प्राधिकरण रहेको बताए। घिसिङले त्यस्ता आयोजनामा स्थानीयवासीको व्यापक सहभागिता गराइने विश्वास दिलाए।

    उनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई ‘गेम चेन्जर परियोजना’ को सङ्ज्ञा दिँदै प्राधिकरणको आर्थिक अवस्था सुधार गर्नसमेत महत्वपूर्ण योगदान गरेको बताए।

    विसं २०७२ को ‘गोरखा भूकम्प’, आयोजनाको डिजाइनमा भएको परिवर्तन, प्राकृतिक विपत्ति र सीमामा भएको अवरोध लगायतका कारणले आयोजना निर्माण सम्पन्न हुन ढिलाइ भएको र लागतसमेत बढ्न गएको उनको भनाइ थियो। सुरुआती चरणमा ब्याजबाहेक ३५ अर्ब लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदासम्म ८२ अर्ब पुगेको छ।

    प्राकृतिक विपत्तिका कारण समस्यामा पर्दा आयोजनामा ढिलाइ भएको विषयलाई अन्यथा लिन नहुने उनको भनाइ थियो।

    • जनविद्युत आयोजना
    शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    उपसभामुख निर्वाचनमा एमालेको नो भोट
    कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    ग्लोबल क्रसर उद्योग सिल, अवैध गतिविधि पुष्टि भएपछि कडा कदम

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.