काठमाण्डौ । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छ ।
अस्ति सुन तोलाको एक लाख ९ हजार दुई सय रुपैयाँ थियो । शनिवार सार्वजनिक बिदा भएकाले सुनको भाउ तोकिँदैन । यस्तै, दुई दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।