माघ २,काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएका छन् । अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका छन् । थापा समूह आयोग परिसर भित्र छ भने देउवा समूह बाहिर छ ।
बाहिर रहेका देउवा समूहले थापा समूहलाई बाहिर ननिकालिए आफूहरू भित्र पस्ने चेतावनी दिएका हुन् । दुई समूहको धर्नाले आयोग बाहिर रहेको सडकमा सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

