• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

विनियोजन विधेयक, २०८२ सदनबाट बहुमतले पारित


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रतिनिधिसभाको बैठकबाट आगामी आर्थिक वर्षको विनियोजन विधेयक पारित भएको छ। आज बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्।

    Advertisement

    बैठकमा विनियोजन विधेयक पारित गर्नु मन्त्रालयगत रुपमा उठेको प्रश्नको मन्त्रीहरुले जवाफ दिएका थिए। त्यसैगरी खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधि सभाबाट बहुमतले अस्वीकार भएको थियो। बैठकमा अर्थमन्त्री पौडेलले आजै ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    विनियोजन विधेयक पारित गर्नु अगाडि आज बिहान सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। विनियोजन विधेयक भनेको सरकारले संसदमा पेस गर्ने ऐनको मस्यौदा हो, जसले कुनै पनि आर्थिक वर्षमा कुन मन्त्रालय, निकाय वा परियोजनामा कति रकम खर्च गर्न पाइन्छ भन्ने अनुमति दिन्छ। यो विधेयकमार्फत सरकारले यो मन्त्रालयलाई यति बजेट, यो कार्यालयलाई यति खर्च गर्न पाउने भनेर कानुनी मान्यता दिन्छ। संसदले पारित गरेपछि मात्र सरकारले त्यो खर्च गर्न पाउँछ।

    गत जेठ १५ गते अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका थिए। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको थियो। त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत रहेको थियो। उनले कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको बताए।

    बजेटको खर्च व्यहोर्ने स्रोतमा राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड संकलन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड परिचालन गरिने र बाँकी आन्तरिक ऋणबाट व्यहोरिने बजेट वक्तव्यमा उल्लेख थियो। बजेट साउन १ गतेबाट लागू हुनेछ।

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    बागमती सरकारबाट एमालेको समर्थन फिर्ता ६ मन्त्रीले दिए राजीनामा,

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.