• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म


  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • मनमगज स्वतः आकर्षित हुने यावत कुराले हामीलाई सहजै तान्छन्,केही देख्नासाथ मन पर्न र त्यो कुरासँग मन एटेच्ड हुन थाल्छ। त्यस्तै यसको विपरीत कतिपय कुराले अचानक असहज बनाउँछ,स्वतः घृणा वा डर उत्पन्न गराउँछ । दुई अवस्थामा नै मनमा उत्तेजना वा डर अत्यधिक डर उत्पन्न हुन्छ ।

    Advertisement

    अत्यधिक डर र अत्यधिक उत्तेजना वा अत्यधिक मन पर्नु, यो मनको अस्वाभाविक प्रतिक्रिया हो । हुन त मनलाई अध्यात्मदेखि मनोविज्ञानका विभिन्न धाराहरूले मनको विविध पक्षहरूलाई व्याख्या गर्दै आएका छन् जस्तै,चेतन मन,अचेतन मन,पूर्वचेतनदेखि लिएर अर्धचेतन मन साथै मनोविज्ञान शास्त्रका पानाहरूमा भावनात्मक, संवेदनात्मक र संज्ञानात्मक अवस्थासम्म। यिनै अवस्थाहरूमा कहिलेकाहीँ मानसिक असन्तुलन देखा पर्छ, जुन कहिले आकर्षणको उन्माद (मेनिया) का रूपमा त कहिले निरर्थक डरको रूपमा (फोबिया)को रुपमा देखापर्छ ।

    मनको यी दुई अवस्था—मेनिया र फोबिया मानव मनस्थितिका दुई चरम ध्रुव मान्न सकिन्छ,जसले व्यक्तिको व्यवहार, जीवनशैली र सोच्ने तरिकामा प्रत्यक्ष-अप्रत्यक्ष / एकोहोरो-दोहोरो असर पारिरहेको हुन्छ।

    चर्चा गर्दा “मेनिया” शब्दको उत्पत्ति प्राचीन ग्रीक भाषाबाट भएको हो। यसको मूल शब्द हो “mania” जसको अर्थ हुन्छ पागलपन, उन्माद वा अत्यधिक मानसिक उत्तेजना भनेर व्याख्या गरिन्छ। लिनभने, ग्रीक भाषामा “मानो” (mainesthai) भन्नाले पागल हुनु, आफूमा नियन्त्रण नरहने अवस्था जनाउँथ्यो। यो शब्द चिकित्सा र मनोविज्ञानमा रोमक र ग्रीक चिकित्सकहरू जस्तै हिपोक्रेट्स (Hippocrates) र गालेन (Galen) ले प्रयोग गर्न थालेपछि व्यापक रूपमा प्रचलनमा आयो। उनीहरूले मानसिक रोगहरूलाई शरीरमा हुने “ह्युमर” को असन्तुलनसँग जोडेर हेर्थे, र मेनियालाई अत्यधिक ‘पित्त’ (yellow bile) को प्रभावले उत्पन्न भएको मानसिक उन्मादको रूपमा व्याख्या गर्थे।

    आजको मनोविज्ञानमा “मेनिया” भन्नाले त्यस्तो मानसिक अवस्था जनाइन्छ, जसमा व्यक्ति अत्यधिक जोश, अनियन्त्रित व्यवहार, तीव्र सोच, उन्मत्त आत्मविश्वास, कम निद्रा र जोखिमयुक्त निर्णय गर्ने अवस्थाबाट ग्रस्त हुन्छ। यो विशेषगरी बाइपोलार डिसअर्डरको एउटा चरम अवस्था हो।

    संक्षेपमा भन्नुपर्दा, “मेनिया” पागलपन वा अत्यधिक उन्माद र आजको मानसिक स्वास्थ्य विज्ञानले यसलाई चिकित्सकीय रूपमा परिभाषित गर्दै मानसिक रोगका लक्षणहरूको गम्भीर श्रेणीमा “मेनिया” राखेको छ।

    यद्यपि नेपालमा मेनिया यस्ता लगायतका मानसिक अवस्थाबारे जानकारीको कम नै छ। नेपालमा धेरैले मानसिक समस्यालाई केवल ‘पागलपन’ भन्ने बुझाइ राखेका छन् । झन ग्रामीण क्षेत्रहरूमा त अझ मानसिक समस्यालाई भूतप्रेत, टूनामुना वा अन्य काल्पनिक प्रसङ्गसँग जोडिने गरिन्छ, जसले बिरामीलाई वैज्ञानिक र मनोवैज्ञानिक उपचारबाट वञ्चित गर्छ।

    मेनियाको कारण एकमात्र होइन, बरु विभिन्न जैविक, आनुवंशिक, मनोसामाजिक, र वातावरणीय तत्वहरूको संयोजनमा देखिने त्रुटि पनि हो। यदि कुनै व्यक्तिको परिवारमा बाइपोलार डिसअर्डरको वंशाणुगत समस्या छ भने जोखिम झन उच्च हुन्छ। अन्यमा मस्तिष्कको न्यूरोकेमिकल सन्तुलनमा गडबडी, तनावपूर्ण जीवनका घटना, मदिरा वा लागूपदार्थको अत्यधिक सेवन, वा निद्राको कमीले पनि मेनियाको सुरुवात गराउन सक्छ। एक अध्ययनका अनुसार किशोरावस्था र वयस्कको प्रारम्भिक चरणमा यो अवस्था देखा पर्न सक्ने सम्भावना धेरै हुन्छ।

    अब, फोबियाको प्रसङ्ग हेर्ने हो भने, प्राचीन ग्रिसमा फोबोस नामक एक देवता थिए, जो सधैं युद्धको सधैं भयले भयभीत रहन्थे। उनको यही स्वभावका कारण फोबोसलाई डरको प्रतीक मान्न लागियो, र यही शब्द विस्तारित र परिचित शब्दसम्म आइपुग्दा शब्दकोशमा ‘फोबिया’ शब्दको जन्म भयो। जसको शाब्दिक रूपमा परिभाषित गर्दा, प्रबल किसिमको नियन्त्रण बाहिरको डर भन्ने बुझिन्छ। मनोवैज्ञानिक रूपमा फोबिया भन्नाले कुनै निश्चित वस्तु, अवस्था वा परिस्थिति देख्दा वा सोच्दा अत्यधिक डर लाग्ने मानसिक अवस्था जनाइन्छ, जुन डर वास्तविक अनुभवभन्दा धेरै हुन्छ। यस्तो डरले मानिसलाई शारीरिक, मानसिक र सामाजिक रूपले अत्यन्त कमजोर बनाउँछ।

    समग्र विश्वभर फोबियाको कुरा गर्दा, विश्व स्वास्थ्य संगठन (WHO) अनुसार, संसारभर झण्डै १० प्रतिशत मानिस कुनै न कुनै प्रकारको फोबियाबाट पीडित छन्।

    फोबिया भन्ने बित्तिकै, फोबिया विभिन्न रूप र लक्षणहरूमा देखिन सक्छ। मुख्यतः फोबियालाई ‘सोसल फोबिया’, ‘एगोरोफोबिया’ र ‘विशिष्ट फोबिया’ गरी तीन श्रेणीमा वर्गीकृत गरिएको छ।

    सोसल फोबियामा मानिसहरूले सभा, भोज, सार्वजनिक कार्यक्रम, वा भाषणजस्ता सामाजिक क्रियाकलापहरूमा भाग लिन डराउँछन्। उनीहरू सधैं चिन्तित हुन्छन् कि अरूले आफूलाई कमजोर, मूर्ख वा अयोग्य नठानून्। यस्तो डरका कारण उनीहरू सामाजिक सहभागिताबाट टाढा रहन रुचाउँछन् । यस्तो अवस्थामा बोल्न नसक्ने, हात गह्रौं हुने, पसिना आउने, वा ‘प्यानिक अट्याक’ सम्म हुने अवस्था आउन सक्छ। भाषण दिन डराउनु सामाजिक फोबियाको सामान्य लक्षण हो।

    एगोरोफोबिया भनेको खुला ठाउँ वा भीडभाडयुक्त स्थानप्रति अत्यधिक डर हो। यस्तो फोबियाबाट ग्रस्त व्यक्ति प्रायः घरमै बस्न रुचाउँछन् र सार्वजनिक स्थानमा जानै चाहँदैनन्। उनीहरूलाई डर हुन्छ कि त्यस्ता स्थानमा प्यानिक अट्याक आयो भने त्यहाँबाट भाग्न वा सहयोग पाउन सकिँदैन। यद्यपि सबैलाई यस्तो डर लाग्छ भन्ने होइन, तर जो व्यक्ति अघिल्लो समयमा प्यानिक अट्याक भोगिसकेका हुन्छन्, उनीहरूमा यस्तो काल्पनिक भय गहिरो बन्न जान्छ।

    सामान्यतया सबै किसिमका डरहरू विशिष्ट फोबियाको दायरामा पर्छन्। यसमा विशेष वस्तु, जनावर, स्थान वा अवस्थासँग सम्बन्धित डर पर्दछ। जस्तै, साइनोफोबिया (कुकुरको डर), क्लस्ट्रोफोबिया (बन्द ठाउँको डर), एक्रोफोबिया (अग्लो ठाउँको डर), फोटोफोबिया (प्रकाशको डर), फोनोफोबिया (तीव्र आवाजको डर), र थनाटोफोबिया (मृत्युप्रति अत्यधिक डर)। यस्ता फोबिया प्रायः व्यक्तिको दैनिकीमा प्रत्यक्ष असर पार्दैनन्, तर यदि ती पेशागत वा सामाजिक भूमिकासँग जोडिन्छन् भने निकै समस्याजनक बन्न सक्छन्। उदाहरणका लागि, यदि एक शिक्षक वा नेता सामाजिक फोबियाबाट ग्रस्त छन् भने उनीहरूको कार्यदक्षता गम्भीर रूपमा प्रभावित हुन्छ।

    फोबिया उत्पन्न हुने कारणहरू पनि विविध हुन्छन्। कतिपय अवस्थामा फोबिया वंशानुगत रूपमा देखिन्छ, विशेषगरी आमाबुबामा रहेको डरको प्रवृत्ति सन्तानमा पनि देखा पर्न सक्छ। यद्यपि, धेरैजसो अवस्थामा फोबियाको जड मानसिक हुन्छ। बाल्यकालमा भएको नकारात्मक अनुभव, घातक घटनाहरू वा भय उत्पन्न गराउने वातावरणीय प्रभावले व्यक्तिको अवचेतन मनमा डर गाडिएको हुन्छ। कतिपय मनोवैज्ञानिकहरू भन्छन्, डर सिकिने व्यवहार हो। जस्तै, यदि बच्चालाई ‘कुकुर आयो, टोक्छ’ भनेर बारम्बार तर्साइयो भने, त्यो बच्चा भविष्यमा साइनोफोबियाको शिकार बन्न सक्छ।

    नेपालको सन्दर्भमा हेर्दा, मेनिया र फोबियाजस्ता मानसिक अवस्थाहरू अझै पनि गम्भीर रूपमा लिइँदैन। धेरैजसो अवस्थामा मानिसहरू यी अवस्थालाई व्यक्तिगत कमजोरी, धार्मिक दोष, वा सांस्कृतिक अन्धविश्वाससँग जोडेर बुझ्ने गरिन्छ। फलस्वरूप, यस्ता मानसिक अवस्थाबाट ग्रस्त व्यक्तिहरू समयमै उपचार पाउनबाट वञ्चित हुन्छन्। उपचारका लागि चाहिने मनोचिकित्सकहरूको संख्या थोरै हुनु, ग्रामीण क्षेत्रमा स्वास्थ्य चेतनाको पहुँचको अभाव हुनु, र मानसिक स्वास्थ्यप्रति सरकारी प्राथमिकताको कमीले गर्दा समस्या झन जटिल बन्दै गएको मनोवैज्ञानिकहरू बताउँछन्।

    शिक्षा, चेतना र सामाजिक स्वीकार्यता फोबिया र मेनियाको उपचारका लागि प्रमुख आधार बनाउन सकिन्छ। त्यसपछि मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यक्रम विद्यालय स्तरमै समावेश गर्न सकियो भने बाल्यकालदेखि नै स्वस्थ मनोवृत्तिको लक्षण पहिचान गर्न योगदान पुग्छ। साथै, मिडिया, सामाजिक सञ्जाल र सार्वजनिक स्वास्थ्य अभियानमार्फत ‘मेनिया’ र ‘फोबिया’ जस्ता अवस्थाहरूलाई स्वास्थ्य समस्याका रूपमा बुझाउने अभ्यास गर्न आवश्यक देखिन्छ।

    धेरैजसो मानसिक अवस्थाहरू समयमै पहिचान र सही उपचार पाउने हो भने पूर्णरूपमा व्यवस्थापन गर्न सकिन्छ। मन पनि शरीरको एउटा अङ्ग हो र यसको सन्तुलन बिग्रिँदा यसको पनि उपचार जरुरी हुन्छ भन्ने कुरा बुझ्नु आजको सबैभन्दा जरुरी आवश्यकता हो। मेनिया र फोबिया जस्ता चरम मनोदशाहरूलाई बुझ्ने कोसिस गरौँ, मानसिक स्वास्थ्यका विषयलाई खुलेर छलफल गरौँ, मनको कुरालाई मनन गरौँ, र समयमै उपचारतर्फ अग्रसर बनौँ ।

    सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.