• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

सुनको भाउ फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले पाए ३३३ मत

उपमहासचिवको प्रारम्भिक मत : लेखराजलाई धेरै भोट, दोस्रोमा योगेश

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ४. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

अख्तियारमा मुद्धा खेपेका पाण्डे कसरी बने मन्त्री सर्बोच्चमा मुद्धा लाने तयारी !


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • माघ ४ भरतपुर । नवनियुक्त शहरी विकास मन्त्री विक्रम पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च जाने तयारी गरेको छ । सिक्टा सिँचाई आयोजनाको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा आयोगले २०७५ मंसिर २१ मा मुद्धा दायर गरेको थियो । पाण्डेमाथि २ अर्ब ४० करोड ५५ लाख ८ सय ७२ रुपैयाँ बिगो माग गरिएको थियो । विशेष अदालतले पाण्डे सहितका आरोपीहरुलाई असार ५ मै सफाई दिएपनि फैसलाको पूर्णपाठ आइसकेको छैन । २०७५ मंसिरमा मुद्धा दर्ता भएपनि ४ वर्षपछि बल्ल सफाई पाएका थिए ।

    Advertisement

    सफाई पाएको ७ महिना भैसकेको छ । तर, मुद्धा किनारा लागिसकेको छैन । फैसलाको पूर्णपाठ आउनै बाँकी छ । पूर्णपाठ आएको ३५ दिनभित्र अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने सुविधा कायमै छ । सफाई पाएको विषयमा अख्तियार असन्तुष्ट छ । पूर्णपाठ आउनासाथ फेरी सर्वोच्चमा मुद्धा दायर गर्ने योजनामा अख्तियार छ । पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक हुन् । राप्रपाका उपाध्यक्ष रहेका पाण्डे भरतपुरको कालिका एफएमका सञ्चालक पनि हुन् ।

    उनको कम्पनीले बनाएको राष्ट्रिय गौरवको सिक्टा आयोजनाको नहर परीक्षणकै क्रममा भत्केको थियो । नहरको ठेक्का कालिका कन्स्ट्रक्सन र सिटिसिआई कन्स्ट्रक्सनले पाएका थिए । आयोगले गुणस्तरहीन मूल नहर निर्माण गरेको र पानीको क्षमता धान्न नसक्ने गरी बनाइएको ठहर गर्दै उजुरी गरेको थियो । आयोगले २१ जना विरुद्ध मुद्धा परेको थियो । बदनियतका साथ गुणस्तर परीक्षणलगायत प्रावधान नराखी, विगतका प्रतिवेदन अध्ययन नगरी गलत डिजाइन बनाएर हतारमा ठेक्का सम्झौता गरेको आरोप लगाइएको थियो ।
    पाण्डे नेतृत्वकै कालिकाले सिक्टा सिँचाईको पूर्वी नहरको अर्को ठेक्का लिएको छ । तर, तोकिएको समयमा काम पुरा नभएपछि ५ पटकसम्म थपिएको म्याद यही माघ २९ मा सकिदैछ । कालिका–कुमार जेभीले ३७ किमि खण्ड निर्माणको जिम्मा लिएको थियो ।

    निर्माणमा ढिलाई गर्दै ठेक्का रकम समेत बढाइएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भाषण गर्दा वा शपथ लिदा ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुबराबर हो’ भन्दै आफ्ना नेता तथा सांसदहरुलाई भ्रष्टाचार विरुद्ध उभिन लगाएका थिए । तर, उनले भ्रष्टाचारको आरोपमा धरौटीमा छुटेका व्यक्तिलाई मन्त्री बनाएपछि आलोचित भएका छन् । पाण्डेले सेटिङमा ठूला ठेक्का हात पार्ने आरोप बेलाबखत लाग्दै आएको थियो ।

    पाण्डेले आँफु निकटलाई ठेक्का दिलाउने दाउ सहित शहरी विकास मन्त्रालय रोजेको विश्लेषण भैरहेका छन् । सुशासन ऐन, २०६४ ले अपुताली खान पाउने व्यक्ति वान नजिकको नातेदार वा एकासगोलको व्यक्तिले सञ्चालन गरेको व्यापार, व्यवसायमा प्रत्यक्ष फाइदा हुने गरी कुनैपनि निर्णय गर्न पाउने छैनन् भनेर सष्ट लेखिएको छ । स्वार्थ बाझिने निर्णय गरेमा भ्रष्टाचार भएको ठहर हुने देखिन्छ ।

    • विक्रम पाण्डे
    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिन्धुपाल्चोकमा लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता
    नारायणगढ-मुग्लिन सडकमा पहिरो !
    सुर्खेतमा जेन्-जी आन्दोलन, एमालेको पार्टी कार्यालय नियन्त्रणमा
    बालकोटमा गोली चल्यो, २ जना घाइते
    प्रश्नको घेरामा सरकार : सामाजिक सञ्जाल नियमन कि नियन्त्रण ?
    कांग्रेसका क्षेत्रीय सभापति साहबुद्धिनका छोरा नक्कली परीक्षार्थी बन्दा पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • २.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ३.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    • ४.
      गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    • ५.
      एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

    • ६.
      पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

    • ७.
      सुनको भाउ फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

    • ८.
      ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीले पाए ३३३ मत

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.